default_image

2 years ago

November 18, 2022

नेपालले टस जित्यो

528 views

0 Bookmark

काठमाडौं (हाम्रोा खेलकुद) – घरेलु टोली नेपालले युएईविरुद्ध तेस्रो तथा निर्णायक खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सिक्का रोहितले फालेका थिए । टस पनि रोहितले नै जिते ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । करण केसीलाई बेन्चमा राख्दा हरिशंकर शाहलाई मौका दिएको छ । करण पहिलो खेलमा विकेट विहीन बन्दै ५९ रन खर्चेका थिए । दोस्रो खेलमा एक विकेट लिँदा ३६ रन खर्चेर १ विकेट लिएका थिए ।

तीन खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो ।

दुबै खेलमा नेपालको ब्याटिङ अपेक्षा अनुसार राम्रो हुन सकेको छैन । नेपाल अन्तिम खेलमा सानदार ब्याटिङका साथ सिरिज उपाधि जित्न चाहन्छ । दोस्रो खेलमा १ सय ९२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले १०६–६ अवस्थाबाट पूरा गरेको थियो ।

उक्त खेलमा आरिफ शेखले ३३ र गुलशन झाले ३७ रन बनाउँदै नेपालको हार टारेका थिए । नेपालका शीर्षक्रमका ब्याटरले उत्कृष्ट सुरुवात र जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, हरिशंकर शाह, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.