2 years ago
November 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले दोस्रो ओडिआई खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा युएईसँग ८४ रनले पराजित भएको थियो । तीन खेलको सिरिजमा युएईले १-० को अग्रता लिएको छ ।
नेपाललाई सिरिज बचाउन आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा एक खेल अगावै नेपालले सिरिज गुमाउनेछ । पहिलो खेलमा नेपालले २ सय ६४ रनको विजयी लक्ष्य पछ्याउनेक्रमा १ सय ७९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाएका थिए । अन्य ब्याटरको प्रदर्शन राम्रो थिएन ।
नेपालले आज टोलीमा केहि परिवर्तन गर्नेछ । नेपालले पहिलो खेलमा पाँच ओपनर खेलाएको थियो । ओपनर आसिफ शेख र अर्जुन साउदलाई निरन्तरता दिनेछ । तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ललाई खेलाउनेछ । रोहित कुमार पौडेल र दीपेन्द्रसिंह ऐरी चौथो र पाँचौं नम्बरमा हुनेछन् ।
पहिलो खेलमा ज्ञानेन्द्र मल्ल डक र रोहित एक रनमा आउट भएका थिए । यी दुई ब्याटरबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । विशेषगरि अनुभवी खेलाडी ज्ञानेन्द्रले जिम्मेवारी लिएर इनिङलाई अघि लैजानु पर्ने हुन्छ । हरिशंकर शाहको स्थानमा नेपालले आज आरिफ शेखलाई मौका दिने सम्भावना छ । आरिफले पछिल्लो समय लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । उनी तीव्र गतिका बलिङका विकल्प पनि हुन् ।
त्यस्तै कुशल भुर्तेलको स्थानमा आदिल आलमले मौका पाउन सक्छन् । करण केसी र सोमपाल कामी मध्य एकलाई बेन्चमा राखेर किशोर महतोलाई मौका दिनसक्छ । गुलशन झालाई भने निरन्तरता दिनेछ । स्पिनरमा ललित राजवंशी हुनेछन् । नेपालले स्पिन आक्रामणमा ध्यान दिनुपर्ने हुन्छ । हरि शंकरको स्थानमा सागर ढकाल अर्को राम्रो विकल्प हुनसक्छन् ।
नेपाली ब्याटरबाट आजको खेलमा प्रदर्शनमा सुधार र ब्याटिङक्रम सुधार गर्नुपर्ने हुन्छ । नेपाली ब्याटरले जिम्मेवारी लिएर प्रदर्शन गर्नुपर्ने हुन्छ । अन्यथा जित निकाल्न कठिन पर्न सक्छ । युएईका ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दले पहिलो खेलमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
नेपालले बलिङमा भने राम्रो सुरुवात गर्न आवश्यक छ । नेपालविरुद्ध अर्धशतक हानेका रोहन मुस्तफा भने घातक बन्नसक्छन् । युएईको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोरीको रुपमा छ । जसको नेपालले भरपूर्ण फाइदा उठाउन सक्नुपर्छ ।
पछिल्लो समय बायाँ हाते स्पिनर अथोडक्सको नेपाली ब्याटरले सामना गर्न सकेका छैनन् । युएईका १७ वर्षीय आयन खानले १० ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए । उनी पुन घातक बन्नसक्छन् ।
युएईको तीव्र गतिको बलिङ आक्रामण भने मजबुत छ । हजरत बिलाल, जुनैद्द सिद्दिक र जहूर खान तीव्र गतिका बलर हुन् । यी तीन बलरले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।
हेड टु हेड :
नेपाल र युएईबीच हाल सम्म ७ ओडिआई खेल भएको छ । जसमा युएई पाँच र नेपाल दुई खेलमा विजयी भएको छन् । पछिल्ला पाँच खेलमा युएई चार खेलमा विजयी भएको छ ।
प्रत्यक्ष प्रसारण तथा टिकट
यस खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर सिनेप्लस एचडीले गर्नेछन् । टिकटको मूल्य २ सय रुपैयाँ तोकिएको छ ।
युएईको टोली :
सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उप(कप्तान), अहमद राजा, एलिशान शरफुल, आदित्य सिठ्ठी, बासिल हामिद, अयान खान, मोहम्मद वासिम, अश्रन्त वल्थापाल, हजरत बिलाल, रोहन मुश्तफा, जहुर खान, जुनैद्द सिद्दीक, विष्णु सुकुमारन र सबिर अली ।
नेपाली क्रिकेट टोली :
रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद र गुलशन झा ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टोको अर्धशतकको सहयोगमा सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा बुधवार टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको हो । कर्णालीका लागि […]
December 18, 2024
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीले ६२ लाख रुपैयाँ पर्ने ओमोडा कार पाउनेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता अघि नै उक्त घोषणा गरेको थियो । प्रतियोगिता लिग सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स शीर्ष, जनकपुर बोल्ट्स दोस्रो, चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथो स्थानमा रहँदै प्लेअफमा पुगे […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – हङकङ यु १९ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले टस जितेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपाल यु १९ का कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो एकदिवसीय खेलमा जितका साथ नेपाल यु १९ ले ३ खेलको एकदिवसीय सिरीजमा १-० को अग्रता बनाएको छ ।