default_image

2 years ago

November 15, 2022

कोलकाताद्धारा फिन्च, हेल्ससहित १६ खेलाडी फुकुवा

319 views

0 Bookmark

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लागि १६ खेलाडी फुकुवा (रिलिज) गरेको छ । कोलकाताले टि२० विश्वकप विजेता एलेक्स हेल्स, अष्ट्रेलियाका कप्तान आरोन फिन्च, प्याट कमिन्स, अजिंक्या रहाणे जस्ता स्टारसहित १६ खेलाडीलाई रिलिज गरेको हो ।

यस पटक कोलकाताले दिल्लीका अलराउन्डर शार्दुल ठाकुर, गुजरात टाइटन्सका रहमानउल्लाह गुरबाज र लोकी फर्गुसनलाई टोलीमा किनेको थियो । श्रेयस ऐरको कप्तानीमा रहेको कोलकातामा आन्द्रे रसेल, फर्गुसन, सुनिल नारायाण र नितिश राणा लगायतका खेलाडी टोलीमा छन् ।

अष्ट्रेलियाका कप्तान आरोन फिन्च खराब प्रदर्शनका कारण फुकुवा भएका हुन् । विश्वकपमा सानदार प्रदर्शन गरेका एलेक्स हेल्सले भने आगमी अन्तर्राष्ट्रिय खेललाई ध्यानमा राख्दै नखेल्ने जनाएका छन् ।

अष्ट्रेलियाका ओडिआई तथा तेस्ट कप्तान प्याट कमिन्सले आगमी एकदिवसीय विश्वकप र एसेज सिरिजको तयारीमा केन्द्रित रहन आइपिएल नखेल्ने जनाएका हुन् । त्यस्तै इंग्लिस विकेटकिपर साम बिंलिग्स भने घरेलु क्रिकेटमा केन्द्रित हुने बताएका छन् । आइपिएल मिनी अक्सन डिसेम्बर २३ मा हुनेछ ।

कोलकाताले फुकुवा गरेका १६ खेलाडी

प्याट कमिन्स, साम बिलिंग्स, अमन खान, शिवम माभी, मोहम्मद नाबी, चामिका करुणारत्ने, आरोन फिन्च, एलेक्स हेल्स, अभिजित तोमर, अजिंक्या रहाणे, अशोक शर्मा, बाबा इन्द्रजित, प्रथम सिंह, रामेश कुमार रासिख स्लाम र शेल्डन च्याक्सन ।

कोलकातामै रहने खेलाडी :

श्रेयस ऐर (कप्तान), नितिश राना, रहमानउल्लाह गुरबाज, वेंकटेश ऐर, आन्द्रे रसेल, सुनिल नारायण, शार्दुल ठाकुर, लोकी फर्गुसन, उमेश यादव, टिम साउथी, हर्षित राना, बरुण चक्रवर्ती, अनुकूल रोय र रिन्कु सिंह ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.