2 years ago
November 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले ओडिआई डेब्यू खेलमै युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अर्जुनले ७७ बलमा अर्धशतक पूरा गर्दै डेब्यू खेलमा अर्धशतक बनाउने कुशल मल्ल र ज्ञानेन्द्र मल्लपछि तेस्रो खेलाडी हुन् ।
ज्ञानेन्द्र मल्लले २०१८ अगष्ट १ मा डेब्यू खेलमै नेदरल्यान्ड्सविरुद्ध ५१ रन जोडेका थिए । त्यस्तै कुशल मल्लले २०२० फेब्रुअरीमा अमेरिकाविरुद्ध टियु मैदानमा ५० रन बनाएका थिए ।
जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३१ ओभरमा ५ विकेट गुमाउँदै १ सय ११ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ६२ बलमा २ चौकासहित २५ रनमा अविजित छन् । उनलाई कुशल भुर्तेलले एक रनमा साथ दिनेछन् ।
अर्जुन साउद ७९ बलमा ५ चौकासहित ५१ रनमा बोल्ड आउट भए ।
पाँचौं विकेटका लागि दीपेन्द्र र अर्जुनले ६८ रनको साझेदारी गरे । अर्जुन ३१ औं ओभरको पहिलो बलमा रोहन मुस्तफाको बलमा बोल्ड हुन पुगेका थिए ।
युएईका १७ वर्षीय स्पिनर आयन अफ्जल खानले चोभार एण्डबाट बलिङ गर्दै डेब्यूको पहिलो बलमै आसिफ शेखलाई १२ रनमा एलबीडब्लू आउट गरे । त्यसको एक बलपछि ज्ञानेन्द्र मल्ल कभरमा एलिशान शराफुबाट शून्यमा क्याच आउट भए ।
आयनले नै नवौं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेललाई एक रनमा बोल्ड आउट गरेपछि नेपाल ३२–३ रनको अवस्थामा पुगेको थियो । हरिशंकर शाहलाई बासिल हामिदको बलमा ८ रनमा स्टम्पिङ गराउँदै ४१–४ को अवस्थामा पुगेको थियो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनायो । युएईका रोहन मुस्तफाले ७३ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनमा बनाए ।
नेपालका तीव्र गतिका बलर गुलशन झाले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ६७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]