2 years ago
November 13, 2022
एजेन्सी – इंग्ल्यान्डले १२ वर्षपछि आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै टि२० विश्वकपको उपाधि दोस्रो पटक जितेको हो ।
इंग्ल्यान्डले सन् २०१० को टि२० विश्वकप फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । इंग्ल्यान्ड २०१६ को टि२० विश्वकप फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो ।
उक्त खेलमा अन्तिम ६ बलमा वेस्टइन्डिजलाई १९ रन चाहिँदा कार्लोस व्रेथवेटले लगातार चार छक्का हान्दै जिताएका थिए ।इंग्ल्यान्डले २०१९ मा न्युजिल्यान्डलाई सुपर ओभर टाइ भएपछि बाउन्ड्री बढी प्रहारको आधारमा उपाधि जितेको थियो । सन् १९९२ को फाइनलमा भने पाकिस्तानसँग इंग्ल्यान्ड २२ रनले पराजित भएको थियो ।
इंग्ल्यान्डले सेमिफाइनलमा भारतलाई १० विकेटले तथा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।
इंग्ल्यान्ड र पाकिस्तानबीच फाइनलमा सन् १९९२ को एकदिवसीय विश्वकपपछि पहिलो पटक प्रतिस्पर्धा गरेका थिए । इंग्ल्यान्ड च्याम्पियन्स ट्रफी २००४ को फाइनलमा वेस्टइन्डिजसँग दुई विकेट र २०१३ मा भारतसँग पाँच रनले पराजित भएको थियो ।
जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनमा अविजित रहे । पाकिस्तानका हरिस रौफले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका शान मसुदले २८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । शादब खानले १४ बलमा २ चौकासहित २० रन जोडे । इंग्ल्यान्डका साम करनले ४ ओभरमा मात्रै १२ रन खर्चेर ३ विकेट लिए ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको अर्धशतक सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जनकपुरले दिएको १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]