default_image

2 years ago

November 13, 2022

गुजरातले १६ करोडमा अनुबन्ध गरेका फर्गुसनलाई कोलकातालाई किन्यो

124 views

0 Bookmark

एजेन्सी – गतवर्ष इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन गुजरात टाइटन्सले १६ करोड नेपाली रुपैयाँमा अनुबन्ध गरेको तीव्र गतिका बलर लोकी फर्गुसनलाई कोलकाता नाइट राइडर्सले २०२३ को लागि किनेको छ ।

गुजरातले न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन र अफगानिस्तानका रहमानउल्लाह गुरबाजलाई कोलकातालाई बेचेको हो । गुजरात च्याम्पियन बन्दा फर्गुसनले १३ खेलमा १२ विकेट लिएका थिए । उत्कृष्ट प्रदर्शन ४-२८ मा थियो ।

फर्गुसन २०१९ देखि २०२१ सम्म कोलकातामा नै थिए । गत वर्ष अक्सनमा गुजरातले फर्गुसनलाई १० करोड भारु(१६ करोड रुपैयाँ) मा किनेको थियो । रोयल च्यालेन्जर्स बेंगलोर, दिल्ली क्यापिटल्स, गुजरात र लखनउरुबीच अक्सनमा प्रतिस्पर्धा भएपछि महँगो मूल्य पाएका थिए । न्यूनतम मूल्य २ करोड भारु राखेपनि अक्सनमा महँगो मूल्य पाएका थिए ।

फर्गुसन तीव्र गतिसँगै डेथ ओभरका लागि उत्कृष्ट बलर चिनिन्छन् । उनी प्रति घण्टा १ सय ५० किलोमिटरको गतीमा बलिङ गर्न सक्ने खुबी भएका बलर हुन् ।

अफगानिस्तानका युवा विकेटकिपर गुरबाज भने गुजरातको टोलीमा भएपनि एक खेल खेल्न पाएका थिएनन् । उनलाई जेसन रोयको स्थानमा किनेको थियो । गुरबाजले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन् ।

यी दुई खेलको मूल्य भने खुलाईएको छैन । कोलकातामा टिम साउथी, उमेश यादव र प्याट कमिन्स लगायतका तीव्र गतिका बलर थिए । अव फर्गुसन थपिएका छन् ।

त्यस्तै रोयल च्यालेन्जर्स बेंगलोरले अष्ट्रेलियाका तीव्र गतिका बलर जेसन बेहरेनडोफलाई मुम्बई इन्डियन्सलाई बेचेको छ । आइपिएल २०२३ को मिनी अक्सन आगमी डिसेम्बर २३ मा हुनेछ ।

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.