default_image

2 years ago

November 13, 2022

नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने

577 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ । नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू-१९ महिला टि२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू-१९ आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ ।

जसमा नेपाल र बंगलादेश मिलेर यू-१९ महिला टि२० विश्वकप आयोजना गर्ने भएका हुन् । २०२४ को यू-१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । २०२५ को यू१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्नेछन् । २०२७ को यु-१९ महिला टि२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्नेछन् ।

नेपालले पहिलो पटक कुनैपनि विश्वकप आयोजना गर्नेछ । यसअघि नेपालले कुनैपनि विश्वकप आयोजना गरेको छैन । ‘यो खुशीको खबर हो । यो नेपाली क्रिकेटकै एक ठूलो उपलब्धी पनि हो । हामीले निरन्तर प्रयास गरेका थियौं । विश्वकप आयोजना गर्न हामीले पाँच वटा मैदानको नाम दिएका छौं । जसमा दुईवटा मैदानमा हुनेछ’, क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले हाम्रो खेलकुदसँग भने ।

गत जेठमा आइसिसी यू१९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो । २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू१९ महिला टि२० विश्वकप आयोजना हुन लागेको छ । नेपालले पुरुषतर्फ सन् २०१६ पछि यू१९ विश्वकप खेल्न सकेको छैन ।

नेपालले हाल भने २०२३ मा भारतमा हुने एकदिवसिय पुरुष विश्वकप छनोटको लागि विश्वकप लिग २ खेलेको छ । २०२४ को टि२० विश्वकपको लागि एसिया क्षेत्र छनोट खेल्नु पर्ने हुन्छ । २०२४ देखि विश्वकपमा २० टोली हुनेछन् । जसमा १२ टोली सोझै छनोट भई सकेका छन् । २०२७ को एकदिवसीय विश्वकपमा १४ टोली सहभागी हुनेछन् ।

नेपालले अन्तिम पटक घरेलु मैदानमा आइसिसीको ठूलो प्रतियोगिता रुपमा सन् २०१० मा डिभिजन फाइभ आयोजना गरेको थियो । नेपालले फाइनलमा अमेरिकालाई पाँच विकेटले हराउँदै पहिलो आइसिसी उपाधि जितेको थियो ।

पछिल्लो पटक टियु मैदानमा ठूलो प्रतियोगिताको रुपमा एसिसी टि२० कप २०१३ आयोजना गरेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दै आएको छ । २०२० मा आइसिसी विश्वकप लिग २ अन्तर्गत नै नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक सिरिज आयोजना गरेको थियो ।

टियु मैदानमा त्रिकोणात्मक र दुई देशबीचको सिरिज भने लगातार आयोजना गर्दै आएको छैन । टियु क्रिकेट मैदानमा सोमबारदेखि नेपाल र युएईबीचको तीन ओडिआई खेलको सिरिज पनि सुरु हुँदैछ ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.