2 years ago
November 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै उपाधि जितेको छ ।
एपिएफले सन् २०१८ पछि पहिलो पटक प्रधानमन्त्री कपको उपाधि जितेको थियो । दोस्रो संस्करणको फाइनलमा आर्मीलाई नै ७ विकेटले हराउँदै जितेको थियो । विजेता एपिएफले १० लाख र उपविजेता आर्मीले पाँच लाख पाउनेछ ।
जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ३८.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा भुवन कार्कीले ८८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५५ रन बनाए । शरद भेषावकर १९ बलमा १ चौका र १ छक्कासहित १६ रनमा आउट भए ।
अन्तिम समय भने अधेरोको कारण ब्याटरलाई खेल्न गाह्रो भएको थियो । तर अम्पायरले खेल सकाउने निर्णय लिए । शरद भेषावकरले विजयी रन बटुल्दै खेल सकाए ।
सुमित महर्जन ४५ बलमा ५ चौकासहित ३४ रनमा आउट भए । पाँचौं विकेटका लागि भुवन कार्की र सुमित महर्जनले ७५ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
सुमित स्पिनर सुशन भारीको बलमा एलबीडब्लू आउट भए । तीव्र गतिका बलर सोमपाल कामीले आसिफ शेखलाई १४ रनमा बोल्ड गरे । जितेन्द्र मुखियाको बलमा प्रदीप ऐरी थर्डम्यानमा सोमपाल कामीबाट २० रनमा आउट भए । प्रदीपले २८ बलमा ४ चौका प्रहार गरे ।
मुखियाको बलमा मिडअफमा लोकेश बम ८ रनमा रोहित कुमार पौडेलबाट क्याच आउट भए । सन्दीप जोरा १७ रनमा आउट भए । आर्मीका जितेन्द्र मुखियाले दुई, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक एक विकेट लिए र
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मी ३९ ओभरमा १ सय ७९ रनमा अल आउट भयो । आर्मीका युवा ब्याटर रोहित पौडेलले ५६ बलमा ३ चौकासहित सर्वाधिक ४९ रन बनाए ।
एक समय आर्मी १३२–९ को अवस्थामा पुगेको आर्मीलाई अन्तिम विकेटका लागि सुशन भारी र जितेन्द्र मुखियाले ४७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । एक ओभर अघि अल आउट हुनुअघि सुशन भारी रन आउट भएका थिए ।
भारीले २५ बलमा २ चौकासहित १९ रन बनाए । जितेन्द्र मुखिया २५ बलमा ३ चौकासहित २४ रनमा अविाजित रहे । आर्मीले आजको खेलमा ओपनर अर्जुन साउद र सोमपाल कामीले गरेका थिए । सोमपाल कामी तीव्र गतिका बलर किशोर महतोको दोस्रो ओभरको पाँचौं बलमा कभरमा सुमित महर्जनबाट डग आउट भए ।
अमरसिंह राउटेलाको बलमा अर्जुन साउद कमलसिंह ऐरीबाट १३ रनमा आउट भए । अर्जुनले ३३ बल खेलेपनि बाउन्ड्री प्रहार गरे । हरि चौहान २५ बलमा १ चौका र १ छक्कासहित १५ रनमा रन आउट भए । लोकेश बमले हारेको थ्रो लागेपछि पेभेलिएन फर्केका थिए । स्पिनर मौसम ढकालको बलमा भीम सार्की ६ रनमा आउट भए । ढकालकै बलमा कप्तान विनोद भण्डारी ११ रनमा क्याच आउट भए । त्यो समय आर्मी ६९–५ को अवस्थामा पुगेको थियो ।
कुशल मल्ल १४ बलमा १ चौका र १ छक्कासहित १६ रनमा आउट भए । राजेश पुलामी मगर ३१ बलमा १ चौकासहित १८ रनमा आउट भए । एपिएफका स्पिनर मौसम ढकालले ८ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । अमरसिंह राउटेलाले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । किशोर महताले ७ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।
यसअघि फाइनल पुग्ने र विजेता टोलीहरु
पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा उपाधि बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।
चौथो संस्करणको फाइनलमा आर्मीले एपिएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो । गतवर्ष नेपालले टि२० विश्वकप ग्लोबल छनोट ए खेल्ने भएपछि प्रधानमन्त्री कप एकदिवसियको सट्टा क्यानले टि२० शैलीमा गरेको थियो । गतवर्ष टि२० राष्ट्रिय प्रतियोगिता उपाधि एपिएफले पुलिसलाई २१ रनले हराउँदै उपाधि जितेको थियो ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]