default_image

2 years ago

November 13, 2022

रोहित नेपालका सबैभन्दा कान्छा कप्तान

772 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट इतिहासकै सर्वाधिक कान्छा कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई शुक्रबार कप्तानमा नियुक्त गरेको थियो ।

रोहित तीन ओडिआई खेलको सिरिजमा युएईसँग आइतबार टियु क्रिकेट मैदानमा कप्तानी डेब्यू गर्दा २० वर्ष ७३ दिनका हुनेछन् । उनी उमेरले सबैभन्दा कान्छा नेपाली कप्तान बन्नेछन् । रोहितले सन्दीप लामिछानेलाई पछि पार्दै कान्छा कप्तान बनेका हुन् । सन्दीप लामिछाने बलात्कार आरोप लागेपछि भदौ २३ मा कप्तानबाट निलम्बित भएका थिए ।

गतवर्ष क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नियुक्त गरेको थियो । सन्दीपले आइसिसी टि२० विश्वकप छनोट ए मा ओमान भ्रमणमा कप्तानमा डेब्यू गरेका थिए । चार देश सम्मिलित सिरिजमा ओमानविरुद्ध सन्दीपले कप्तानी डेब्यू गर्दा २१ वर्ष १ सय ९३ दिनका थिए ।

रोहितले सन्दीपलाई पछि पार्दै नेपालका सवैभन्दा कान्छा कप्तान बनेका हुन् । सन्दीप अघि पारस खड्का सन् २००९ मा मलोसियाविरुद्ध कप्तानी गर्दा २२ वर्ष २९ दिनका थिए । रोहित समग्रमा नेपालका ११ औं कप्तान हुन् ।

रोहित अघि नेपाली टोलीको कप्तानी कम्रश: उत्तम कर्माचार्य (१९९६), लेखबहादुर (एलबी) क्षेत्री (१९९८), पवनकुमार अग्रवाल (२०००), स्वर्गीय गणेश शाही (२००१), राजु खड्का (२००२–२००४), परेश लोहनी (२००४), विनोद दास (२००५–२००९) पारस खड्का (२००९–२०१९), ज्ञानेन्द्र मल्ल (२०१९–२०२१) र सन्दीप लामिछाने (२०२२) ले गरेका थिए ।

पारस नेपाललाई २०१४ मा टि० विश्वकप र २०१८ मा ओडिआई मान्यता दिलाउने कप्तान हुन् । पारस नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तानमा पर्दछन् ।

रोहित नेपाली क्रिकेट टोलीमा यू१९ कप्तान, सिनियर टोलीको उपकप्तान हुँदै कप्तान बनेका हुन् । रोहितले हालसम्म घरेलु प्रतियोगितामा भने कप्तानी गरेका छैनन् । २०१९ मा नेपाली यू१९ टोलीको कप्तानी गरेका थिए । रोहित २०१६ मा श्रीलंकामा भएको यू१६ एसिया कपदेखि नेपाली टोलीमा यात्रा सुरुवात गरेका थिए । २०१७ को एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सबाट सानदार प्रदर्शन गर्दै २०१८ नामिबियामा भएको आइसिसी डिभिजन–२ मा नेपालका लागि खेलेका थिए ।

नामिबियाविरुद्ध डेब्यू खेल खेलेका रोहितले त्यसपछि लगातार उच्च प्रदर्शन गर्दै आएका थिए । त्यो समय रोहित तल्लोक्रममा ब्याटिङ गर्ने गर्दथे । डिभिजन–२ बाट जिम्बावेमा भएको एकदिवसीय छनोट सम्म पुर्याउन रोहितले महत्वपूर्ण प्रदर्शन गरेका थिए । निर्णायक खेल केन्याविरुद्ध उनको प्रदर्शन महत्वपूर्ण थियो ।

सन् २०१९ मा रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा गत वर्ष यूएईसँगको दोस्रो वान डे खेलमा ५५ रन जोड्दै रचेका थिए । जसक्रममा रोहितले भारतीय पूर्व कप्तान सचिन तेन्दुलकर र पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका थिए । तर उक्त कीर्तिमान कुशल मल्लले २०२० मा अमेरिकाविरुद्ध तोडेका थिए ।

गत मार्चमा रोहितले पपुवा न्युगिनीविरुद्ध १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए । त्यो कुनैपनि नेपाली ब्याटरले अन्तर्राष्ट्रिय स्तरमा प्रहार गरेको एकै खेलमा सर्वाधिक रन समेत हो । गत जेठमा क्यानले रोहितलाई उपकप्तानको जिम्मेवारी दिएको थियो । सन्दीपलाई बलात्कारको आरोप लागेपछि रोहित पहिलो दाबेदार थिए । दीपेन्द्रसिंह ऐरी पनि कप्तानको दाबेदारको रुपमा हेरिएका थिए । https://youtu.be/Fs9gu0ThQtI

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.