2 years ago
November 12, 2022
काठमाडौ (हाम्रो खेलकुद) – अनुभवी खेलाडी रोहन मुस्तफालाई समेट्दै युएईले नेपालसँग खेल्ने तीन ओडिआई खेलको सिरिजको लागि १५ सदस्य टोली घोषणा गरेको छ ।
सिपी रिजवानको कप्तानीमा घोषणा टोलीले युएईले टि२० विश्वकप खेल्दाका १० खेलाडी राख्दै बलियो टोली घोषणा गरेको छ । घोषणा टोलीमा बृत्य अरविन्द, श्रीलंकाविरुद्ध ह्याट्रिय लिने स्पिनर कार्तिक मयाप्पन, मुस्तफा, मोहम्मद वासिम, चिराग सुरी लगातका खेलाडी छन् ।
युएईले विश्वकप टोलीमा नभएका विष्णु सुकुमारन, आदित्य सिठ्ठी, मुस्तफा, हजरत विलाल र अश्रन्त वल्थापाललाई नेपालसँगको सिरिजमा मौका दिएको छ । अन्य सबै विश्वकप खेलेका छन् । मुस्तफा युएईका सर्वाधिक सफल अलराउन्डर हुन् । तर मुस्तफा युएईको टि२० विश्वकप टोलीमा भने थिएनन् ।
नेपालले पहिलो खेल आइतबार युएईसँग खेल्नेछ । युएईको टोली आज राती नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
पालले पहिलो खेल कार्तिक २८ (नोभेम्बर १४) मा पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल कार्तिक ३० (नोभेम्बर १६) मा खेल्नेछ । तेस्रो खेल मंसिर २ (नोभेम्बर १८) मा खेल्नेछ । सबै खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछन् ।
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि युएईसँग सिरिज खेल्न लागेको हो । नेपालले डिसेम्बरमा नामिबिया भ्रमण गर्नेछ । नेपाल, नामिबिया र स्कटल्यान्डबीच सिरिज हुनेछ । जुन सिरिज डिसेम्बर २ देखि सुरु हुनेछ ।
नेपाल हाल विश्वकप लिग–२ मा ८ मा जित र ११ मा हार सहित १७ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छ । जसमा ८ घरेलु मैदान टियु र ८ विदेशी भूमिमा छन् । विदेशी भूमिमा नामिबिया र पपुवा न्युगिनी हुनेछ । नेपाल शीर्ष तीनमा परे सोझैं एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । अन्यथा क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
युएईको टोली :
सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उप-कप्तान), अहमद राजा, एलिशान शरफुल, आदित्य सिठ्ठी, बासिल हामिद, अयान खान, मोहम्मद वासिम, अश्रन्त वल्थापाल, हजरत बिलाल, रोहन मुश्तफा, जहुर खान, जुनैद्द सिद्दीक, विष्णु सुकुमारन र सबिर अली ।
नेपाली क्रिकेट टोली :
रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद र गुलशन झा ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]