2 years ago
November 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा एपिएफका कप्तान शर भेषावकरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
लामो समयको विवादपछि तीव्र गतिका बलर सोमपाल कामीले फाइनल खेल्न पाउने भएका छन् ।आर्मीले आजको खेलमा आर्मीले एक परिवर्तन गरेको छ । स्पिनर साहब आलमको औंलामा चोटका कारण सोमपाल कामी आएका छन् ।
आर्मीले आजको खेलमा सोनु तामाङ, आकाश चन्द र साहब आलम बेन्चमा छन् । एपिएफले आजको खेलमा आयुषमान बम, दीपक बोहरा र पुरन विकलाई बेन्चमा राखेका छन् ।
खेल ४०-४० ओभरको हुनेछ । खेल ११ बजे सुरु हुनेछ । सोमपाल कामीको विवादको कारण खेल दुई घण्टा ढिलो भएर सुरु भएको हो । आर्मी र एपिएफबीचको खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनुपर्ने थियो। नियम अनुसार टस विहान ८ः३० मा हुनुपर्ने थियो ।
तर आर्मीले प्लेइङ ११ मा सोमपालको नाम समावेश गरेपछि एपिएफका कप्तान शरद भेषावकरले टस गर्न मानेका थिएनन् । म्याच रेफ्री बुद्धि बहादुर प्रधानसमक्ष उनले आर्मीले सोमपाललाई प्लेइङ ११ मा समावेश गर्न नपाउने तर्क राखेका थिए ।
आर्मीले १४ सदस्यीय टोलीमा अनिल मण्डलको स्थानमा सोमपाल कामीलाई प्रतिस्थापन गर्दै प्लेइङ ११ मै राखेको थियो । तर उनै सोमपालको स्थानमा प्रतियोगिता चल्दा अनिल समावेश भएका थिए । प्रतियोगिताको सुरुवातमा सोमपालको नाम आर्मीको टोलीमा थियो । डेंगु संक्रमणका कारण उनले खेल्नेमा शंका बढेपछि आर्मीले सोमपालको स्थानमा अनिललाई टोलीमा राख्यो । तर फाइनलका लागि भने आर्मीले सोमपाललाई टोलीमा समेट्यो ।
आर्मीले खेलाडी परिवर्तनका लागि २४ घण्टाअघि नै निवेदन दिएकोमा प्रतियोगिताको प्राविधिक समितिले स्वीकृति दिएको थियो । प्राविधिक समितिको त्रुटीकै कारण ढिलो सुरु हुन पुगेको हो ।
एपिएफका कप्तान शरद भेषावकर, आर्मीका कप्तान विनोद भण्डारी र म्याच अफिसियलबीच टियु मैदानमा लगातार छलफल भएपनि निष्कर्ष निस्कन लामो समय लागेको थियो ।
एपिएफले प्रतियोगितामा नाम समावेश गरेका खेलाडी चोटका कारण बाहिर भएपछि पुनः समावेश गर्न नपाइने अडान राखेको थियो । आर्मीले खेलाडी परिवर्तन गरेकोबारे म्यानेजरलाई कुनै जानकारी नदिइएको एपिएफको भनाइ थियो । आर्मीले भने प्राविधिक समितिको स्वीकृति आइसकेको हुँदा खेल्न पाउनुपर्ने अडान राखेको थियो ।
आर्मीले सोमपाल कार्मीलाई पहिलो खेलमा एपिएफ क्लबविरुद्ध बुझाएको १४ खेलाडीको लिष्टमा राखेको थियो । सुदूरपश्चिमविरुद्ध पनि सोमपाल अन्तिम १४ मा थिए । मुलपानी क्रिकेट मैदानमा गण्डकीविरुद्ध भने सोमपालको स्थानमा आर्मीले अनिल मण्डललाई खेलाएको थियो । सोमपालकै स्थानमा आर्मीले ओपनर अनिल मण्डललाई खेलाएको थियो ।
त्यसपछि कर्णालीविरुद्ध खेल्दा भने सोमपाल अन्तिम १५ मा थिएनन् । कर्णालीविरुद्ध सोमपालको स्थानमा अनिल मण्डल थिए । सेमिफाइनल खेलमा पनि पुलिस क्लबविरुद्ध पनि सोमपाल अन्तिम १५ मा थिएनन् । आर्मीले अनिलकै स्थानमा सोमपलको प्रतिस्थापन माग गरेको थियो । माग गरेको २४ घण्टा नपुगेपछि पुलिसविरुद्ध खेल भने उनले गुमाउन पुगेका थिए ।
आर्मीले सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । एपिएफले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा स्थानएको थियो । एपिएफ दोस्रो संस्करण र आर्मी चौथो संस्करणको च्याम्पियन टोली हुन् । आर्मी पाँच संस्करणमा सबै फाइनल खेल्ने एक्लो टोली हो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]