2 years ago
November 12, 2022
भूपेन्द्र जिसी, काठमाडौं
त्रिभुवन आर्मी क्लबका तीव्र गतिका बलर सोमपाल कामीलाई खेलाउने वा नखेलाउने विवादका कारण प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल खेल सुरु हुन सकेको छैन ।
आर्मी र एपिएफबीचको खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनुपर्ने हो । नियम अनुसार टस विहान ८:३० मा हुनुपर्ने थियो । तर आर्मीले प्लेइङ ११ मा सोमपालको नाम समावेश गरेपछि एपिएफका कप्तान शरद भेषावकरले टस गर्न मानेनन् । म्याच रेफ्री बुद्धि बहादुर प्रधानसमक्ष उनले आर्मीले सोमपाललाई प्लेइङ ११ मा समावेश गर्न नपाउने तर्क राखेका थिए ।
आर्मीले १४ सदस्यीय टोलीमा अनिल मण्डलको स्थानमा सोमपाल कामीलाई प्रतिस्थापन गर्दै प्लेइङ ११ मै राखेको थियो । तर उनै सोमपालको स्थानमा प्रतियोगिता चल्दा अनिल समावेश भएका थिए । प्रतियोगिताको सुरुवातमा सोमपालको नाम आर्मीको टोलीमा थियो । डेंगु संक्रमणका कारण उनले खेल्नेमा शंका बढेपछि आर्मीले सोमपालको स्थानमा अनिललाई टोलीमा राख्यो । तर फाइनलका लागि भने आर्मीले सोमपाललाई टोलीमा समेट्यो ।
आर्मीले खेलाडी परिवर्तनका लागि २४ घण्टाअघि नै निवेदन दिएकोमा प्रतियोगिताको प्राविधिक समितिले स्वीकृति दिएको थियो । प्राविधिक समितिको त्रुटीकै कारण खेल सुरु हुन नसकेको हो ।
एपिएफका कप्तान शरद भेषावकर, आर्मीका कप्तान विनोद भण्डारी र म्याच अफिसियलबीच टियु मैदानमा लगातार छलफल भएपनि निष्कर्ष निस्कन सकेन ।
एपिएफले प्रतियोगितामा नाम समावेश गरेका खेलाडी चोटका कारण बाहिर भएपछि पुन: समावेश गर्न नपाइने अडान राखेको थियो । आर्मीले खेलाडी परिवर्तन गरेकोबारे म्यानेजरलाई कुनै जानकारी नदिइएको एपिएफको भनाइ छ । आर्मीले भने प्राविधिक समितिको स्वीकृति आइसकेको हुँदा खेल्न पाउनुपर्ने अडान राखेको छ ।
आर्मीले सोमपाल कार्मीलाई पहिलो खेलमा एपिएफ क्लबविरुद्ध बुझाएको १४ खेलाडीको लिष्टमा राखेको थियो । सुदूरपश्चिमविरुद्ध पनि सोमपाल अन्तिम १४ मा थिए । मुलपानी क्रिकेट मैदानमा गण्डकीविरुद्ध भने सोमपालको स्थानमा आर्मीले अनिल मण्डललाई खेलाएको थियो । सोमपाललाई १४ सदस्यीय टोलीबाट बाहिर राख्दै आर्मीले ओपनर अनिल मण्डललाई खेलाएको थियो ।
त्यसपछि कर्णालीविरुद्ध खेल्दा भने सोमपाल अन्तिम १५ मा थिएनन् । कर्णालीविरुद्ध सोमपालको स्थानमा अनिल मण्डल थिए । सेमिफाइनल खेलमा पनि पुलिस क्लबविरुद्ध पनि सोमपाल अन्तिम १५ मा थिएनन् । आर्मीले अनिलकै स्थानमा सोमपलको प्रतिस्थापन माग गरेको थियो । माग गरेको २४ घण्टा नपुगेपछि पुलिसविरुद्ध खेल भने उनले गुमाउन पुगेका थिए ।
आर्मीले सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । एपिएफले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा स्थानएको थियो । एपिएफ दोस्रो संस्करण र आर्मी चौथो संस्करणको च्याम्पियन टोली हुन् । आर्मी पाँच संस्करणमा सबै फाइनल खेल्ने एक्लो टोली हो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]