2 years ago
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई कप्तानमा नियुक्त गरेको हो ।
पूर्व कप्तान सन्दीप लामिछानेलाई १७ वर्षीय बालिका बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ मा नै बर्खास्त गरेको हो ।
२० वर्षीय रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना अघि केन्या भ्रमणमा कप्तानी गरेका थिए । केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा रोहित कप्तानी गर्दै क्लिनस्विप दिलाएका थिए । रोहितले नेपाली यू१९ टोलीको कप्तानी पनि सम्हालि सकेका छन् ।
रोहितले नेपालबाट २५ खेलमा ओडिआई खेलमा १ शतक र ५ अर्धशतकसहित कुल ८ सय ८ रन बनाएका छन् । त्यस्तै रोहितले २१ टि२० आई र ४० लिष्ट ए खेल खेलेका छन् । सन् २०१८ मा डिभिजन २ मा नामिबियासँग डेब्यू गरेका रोहितले त्यसपछि लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।
गत कार्तिकमा नेपालले रोहित पौडेललाई उपकप्तानमा नियुक्त गरेको थियो । क्यानले गत भदौ २३ मा सन्दीपलाई बर्खास्त गरेको थियो । त्यसपछि कप्तान नियुक्त गरेको थिएन । रोहितले सोमबार देखि घरेलु मैदान टियुमा युएईसँग हुने तीन ओडिआई खेलबाट कप्तानी सुरुवात गर्नेछन् ।
क्यानको कप्तानी दौडमा रोहित, दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्ल थिए । क्यानको शुक्रबार बसेको बैठकले रोहितलाई कप्तानको जिम्मेवारी दिएको जनाएको छ । रोहित युवा खेलाडीका भरपर्दा ब्याटर हुन् । उनी मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।
गत मार्चमा रोहितले टियुमा पपुवा न्युगिनीविरुद्ध १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए । जुन कुनैपनि एक ब्याटरले एक अन्तर्राष्ट्रिय इनिङमा खेलेको सर्वाधिक उच्च प्रदर्शन हो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]