default_image

2 years ago

November 12, 2022

पाकिस्तान र सन् १९९२ विश्वकप जित्दा दोहोरिएको संयोग

175 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा आइतबार इंग्ल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । इंग्ल्यान्डले भारतलाई १० विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँगको भेट पक्का गर्यो ।

पाकिस्तान र इंग्ल्यान्ड दुबै तेस्रो विश्वकप उपाधि जित्ने सोचमा हुनेछन् । पाकिस्तान सन् १९९२ को एकदिवसीय र २००९ को टि२० विश्वकप च्याम्पियन टोली हो । इंग्ल्यान्ड सन् २०१० को टि२० विश्वकप च्याम्पियन र २०१९ को एकदिवसीय विश्वकप च्याम्पियन टोली हुन् ।

यस विश्वकपमा सर्वाधिक भाग्यशाली पाकिस्तान बन्यो । सुरुवाती दुई खेलमा भारतसँग चार विकेट र जिम्वावेसँग एक रनले स्तब्ध भएको थियो । त्यसपछि नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई ३३ रन र बंगलादेशलाई ५ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको थियो । तर भारत र दक्षिण अफ्रिका मध्य एकले अन्तिम खेल हार्नुपर्ने हुन्थ्यो । दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले स्तब्ध भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।

पाकिस्तान यस टि२० विश्वकपको फाइनलमा पुग्दा सम्म सन् १९९२ को विश्वकप उपाधि दोहोराउने सोचमा हुनेछ । पाकिस्तानले १९९२ मा इमरान खानको कप्तानीमा विश्वकप उपाधि जित्दाका सबै संयोग यसपटक दोहोरिएको छ ।

त्यसबेला विश्वकप अष्ट्रेलियामा भएको थियो । यस पटक पनि अष्ट्रेलियामै भएको छ ।

पाकिस्तान पहिलो खेलमा मेलबर्न क्रिकेट मैदानमा वेस्टइन्डिजसँग १० विकेटले पराजित भएको थियो । यस पटक सोहि मैदानमा पहिलो खेलमा भारतसँग पराजित हुन पुग्यो । त्यस विश्वकपमा समूह चरणमा भारतसँग ४३ रनले पराजित भएको थियो ।

पाकिस्तानले त्यस विश्वकपमा लगातार तीन खेल जित्दै सेमिफाइनल खेलेको थियो । यस विश्वकप पनि लगातार तीन खेल जित्यो । त्यस विश्वकपमा पाकिस्तान एक अंकले माथि रहँदै सेमिफाइनल खेलेको थियो ।

पाकिस्तान ८ खेलमा ९ अंकका साथ अन्तिम चारमा रहेको थियो । यस पटक पाकिस्तान ४ खेलमा ६ अंकका साथ सेमिफाइनलमा स्थान बनायो ।

त्यो समय अष्ट्रेलियालाई एक अंकले पछि पारेको थियो । यो पटक दक्षिण अफ्रिकालाई एक अंकले पछि पार्यो ।

उक्त विश्वकपमा साविक विजेता तथा घरेलु टोली अष्ट्रेलिया पहिलो चरणबाटै बाहिरिएको थियो । यस पटक पनि साविक विजेता तथा घरेलु टोली अष्ट्रेलिया सुपर १२ को समूह ए बाटै बाहिरिन पुग्यो ।

त्यस विश्वकपमा न्युजिल्यान्ड शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेलेको थियो । यस विश्वकपमा पनि सुपर १२ को समूह ए मा शीर्ष स्थानमा रह्यो । त्यस विश्वकपमा न्युजिल्यान्डले पहिलो खेलमै अष्ट्रेलियालाई ३७ रनले हराएको थियो । यस विश्वकपमा पनि न्युजिल्यान्डले पहिलो खेलमै अष्ट्रेलियालाई ८९ रनले हराएको थियो ।

त्यस विश्वकपमा पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई नै ४ विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो । यस विश्वकपमा पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई नै ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

त्यस विश्वकपमा पाकिस्तानले इंग्ल्यान्डसँग फाइनलमा प्रतिस्पर्धा गर्दै २२ रनको जितको साथ उपाधि जितेको थियो । यस पटक पनि फाइनलमा इंग्ल्यान्डसँग खेल्दैछ । त्यो पटक फाइनल पनि स्थान मेलबर्न थियो भने । यो विश्वकपमा पनि मैदान मेलबर्न नै हुनेछ ।

त्यतिमात्र होईन त्यो विश्वकपमा पाकिस्तानले युवा ब्याटर इन्जामम उल हकलाई मौका दिएको थियो । यो पटक मोहम्मद हरिसलाई मौका दिएको छ । त्यसबेला इन्जाममले निडरका साथ ब्याटिङ गर्दै उदय भएका थिए । यो पटक हरिसको उदय त्यसरी नै भएको छ । फाइनलमा उपाधि जिते पाकिस्तानले सन् १९९२ को पुरै इतिहास दोहोराउने देखिन्छ ।

December 19, 2024

श्रीलंकाविरुद्ध नेपाल यु १९ ले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला एसिया कपमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ । मलेसियाको किन्नारा ओभलमा नेपालकी कप्तान पुजा महतोले टस जितेर बलिङ रोजेकी हुन् ।

December 19, 2024

यु १९ महिला एसिया कप – नेपाल र श्रीलंका खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]

December 19, 2024

फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]

Success

Thank you for your time.