2 years ago
November 9, 2022
एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । पाकिस्तानले सन् २००९ मा उपाधि जितेपछि पहिलो पटक टि२० विश्वकपको फाइनलमा स्थान बनाएको हो ।
जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान ४३ बलमा ५ चौकासहित सर्वाधिक ५७ रनमा आउट भए । बाबर आजम ४२ बलमा ७ चौकासहित ५३ रनमा आउट भए ।
बाबरको यो टि२० आई करिअरको ३० औं अर्धशतक हो । यसअघिका खेलमा खराब प्रदर्शन गरेपनि महत्वपूर्ण खेलमा बाबरले अर्धशतक प्रहार गरेका हुन् ।
पहिलो विकेटका लागि बाबर आजम र मोहम्मद रिजवानले १२.४ ओभरमा १ सय ५ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । बाबर र रिजवानले आठौं पटक शतकीय साझेदारी गरेका हुन् ।
कप्तान बाबर आजमले पहिलो ओभरको चोथौ बलमै शून्यमा जीवनदान पाएका थिए । ट्रेन्ट बोल्टको बलमा एज लागेपनि विकेटकिपर डेभन कन्वेले क्याच छाड्न पुगेका थिए ।
उक्त क्याच न्युजिल्यान्डलाई भारी पर्यो । बाबर ट्रेन्ट बोल्टको बलमा लङअनमा डर्याल मिचेलबाट क्याच आउट भएका थिए । युवा ब्याटर मोहम्मद हरिसले २६ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाउँदै क्याच आउट भए । विजयी रन प्रहार गरेका शन मसुद ३ रनमा अविजित रहे । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । न्युजिल्यान्डका डर्याल मिचेल ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनमा अविजित रहे । कप्तान केन विलियम्सनले ४२ बलमा १ चौका र १ छक्कासहित ४६ रन बनाए । जेम्श निसम १२ बलमा १ चौकासहित १६ रनमा अविजित रहे ।
इनिङको पहिलो बलमै ओपनर फिन एलेनले तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई लङअनमा चौका हान्दै राम्रो सुरुवातको संकेत दिएका थिए । तर दोस्रो बलमा उनी रिभ्युको कारण बचे । इन स्वींग बलमा अम्पायरले एलबीडब्लू आउट दिएपनि एलेनले रिभ्यु लिँदा बलले ब्याटमा लागेको थियो।
तर तेस्रो बलमा भने उनी एलीबडब्लू आउटको शिकार बन्न पुगे । रिभ्यु लिएपनि लगातार दोस्रो पटक एलेन सफल हुन सकेनन् । दोस्रो विकेटका लागि केन विलियम्सन र डेभन कन्वेले ३४ रनको साझेदारी गरेका थिए ।
कन्वे छैटौं ओभरको अन्तिम बलमा एक रन लिने धुनमा २१ रनमा रन आउट भए । नन स्ट्राइकमा शादब खानले मिडअफबाट डाइरेक्ट स्टम्प ताकेपछि पेभेलिएन फर्किनु परेको थियो । उनले २० बलमा ३ चौका हाने ।
आठौं ओभरको अन्तिम बलमा ग्लेन फिलिप्स स्पिनर मोहम्मद नवाजको बलमा ६ रनमा कट एण्ड बोल्ड भएपछि न्युजिल्यान्ड ४९–३ को अवस्थामा पुगेको थियो । बंगलादेशविरुद्ध शतक हानेका फिलिप्स आउट भएपछि विलियम्सन र डर्याल मिचेल पनि दबाबमा परेका थिए ।
चौथो विकेटका लागि विलियम्सन र डर्याल मिचेलले ५० बलमा ६८ रनको साझेदारी गरेका थिए । विलियम्सनको १७ औं ओभरको दोस्रो बलमा दील स्कुप सट खेल्न खोजेपनि विलियम्सन बोल्ड हुन पुगेका थिए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । मोहम्मद नवाजले २ ओभरमा १२ रन खर्चेर १ विकेट लिए ।
पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो । बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले आइतबार फाइनलमा पाकिस्तानसँग खेल्नेछ ।
भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले हारपछि पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई ३३ रन र बंगलादेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्न जित्नै पर्ने खेलमा नेदरल्यान्ड्सँग १३ पराजित भएपछि पाकिस्तान नाटकीय रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]