2 years ago
November 9, 2022
एजेन्सी– पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो बलमै पहिलो सफलता हात पारेको छ ।
सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले १ ओभरमा १ विकेट गुमाउँदै ६ रन बनाएको छ । क्रिजमा डेभन कन्वे र केन विलियम्सन रहेका छन् । इनिङको पहिलो बलमै ओपनर फिन एलेनले तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई लङअनमा चौका हान्दै सुरुवात गरेका थिए ।
तर दोस्रो बलमा उनी रिभ्युको कारण बचे । इन स्वींग बलमा अम्पायरले एलबीडब्लू आउट दिएपनि रिभ्युमा ब्याटले बल छोएको हुँदा बचेका थिए । तर तेस्रो बलमा भने उनी एलीबडब्लू आउटको शिकार बन्न पुगे । रिभ्यु लिएपनि लगातार दोस्रो पटक एलेन सफल हुन सकेनन् ।
पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछन् । न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका हुन् । दोस्रो सेमिफाइनलमा शुक्रबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
पाकिस्तानको प्लेइङ ११ :
मोहम्मद रिजवान (विकेटकिपर), बाबर आजम (कप्तान), मोहम्मद हरिस, शन मसुद, इफ्तिखार अहमद, शादब खान, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर, नसिम शाह, हरिस रौफ र शाहिन शाह अफ्रिदी ।
न्युजिल्यान्डको प्लेइङ ११ :
फिन एलेन, डेभन कन्वे (विकेटकिरि), केन विलियम्सन (कप्तान), ग्लेन फिलिप्स, डर्याल मिचेल, जेम्श निसम, मिचेल सान्टनार, टिम साउथी, ईश सोधी, लोकी फर्गुसन र ट्रेन्ट बोल्ट ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]