default_image

2 years ago

November 9, 2022

भारतसँग सेमिफाइनल खेल्नु अघि इंग्ल्यान्डका प्रमुख दुई खेलाडी घाइते

193 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा बिहीबार भारतसँग खेल्नुअघि उपाधि दाबेदार इंग्ल्यान्डका प्रमुख दुई खेलाडी घाइते भएका छन् । इंग्ल्यान्डका प्रमुख तीव्र गतिका बलर मार्क वुड मंगलबार अभ्यासको क्रममा घाइते भएका हुन् ।

उनको कुममा चोट लागेको बुझिएको छ । यस विश्वकपमा सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने मार्कवुड घाइते भपछि इंग्ल्यान्डलाई ठूलो धक्का लाग्नेछ । मार्क वुडले यस विश्वकपमा प्रतिघण्टा १ सय ५५ किलोमिटरको गतीमा बलिङ गर्दै आएका छन् । उनले विश्वकप गुमाउँदा इंग्ल्यान्डको बलिङ आक्रामण केहि कमजोर बन्नेछ । वार्क वुडले अफगानिस्तानसँग दुई, आयरल्यान्डसँग तीन, न्युजिल्यान्डसँग एक र श्रीलंकासँग दुई विकेट लिएका थिए ।

इंग्ल्यान्डले मार्क वुडको चोट बारे भने कुनै जानकारी दिएको छैन । इंग्ल्यान्डको विश्वकप टोलीमा बेन्चमा तीव्र गतिका बलर टाइमल मिल्स, क्रिस जोर्डन र डेविड विल्ली छन् । यदि मार्क वुडले सेमिफाइनल गुमाउनु परे क्रिस जोर्डन पहिलो रोजाईमा खेल्न सक्छन् । उनी डेथ ओभरका लागि चिनिन्छन् ।

यता शीर्षक्रमका ब्याटर डेविड मलानले ग्रोइन चोटका कारण सेमिफाइनल गुमाउने लगभग पक्कापक्की जस्तै छ । उनको स्थान फिलिप साल्टले लिनेछन् । साल्ट ओपनर ब्याटर हुन् । तर ओपनरमा एलेक्स हेल्स र जस बटलरले राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यसैको कारण उनी तस्रो नम्बरमा खेल्नेछन् । साल्ट आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।

भारतका कप्तान रोहित शर्मा पनि अभ्यासको क्रममा घाइते भएका छन् । रोहित भने सेमिफाइनलको लागि फिट भएको बताइएको छ । पहिलो सेमिफाइनल खेलमा आज पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो नेपाली समय अनुसार १ : ४५ मा सिड्नी क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।

भारत र इंग्ल्यान्डबीच भने बिहीबार सोही समयमा एडिलेड ओभलमा सुरु हुनेछ । फाइनल आइतबार मेलबर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.