2 years ago
November 8, 2022
एजेन्सी – आइसिसी टि२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा बुधबार न्युजिल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ ।
केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकप फाइनल खेल्ने सोचका साथ मैदान उत्रनेछ । गतवर्ष युएईमा भएको टि२० विश्वकपको फाइनलमा न्युजिल्यान्ड अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो । त्यो नै न्युजिल्यान्डले खेलेको पहिलो टि२० विश्वकप फाइनल हो ।
पाकिस्तान भने सन् २००९ को टि२० विश्वकप च्याम्पियन टोली हो । २००७ को फाइनलमा भारतसँग पाँच रनले पराजित भएको थियो । पाकिस्तान तेस्रो र न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्ने सोचमा हुनेछन् ।
न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो । पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो । न्युजिल्यान्डले पहिलो खेलमै अष्ट्रेलियालाई ८९ रनले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । त्यो सुरुवात मात्रै नभएर सेमिफाइनलमा पुग्ने बलियो आधार बन्यो । समान ७ अंक भएपनि न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनलमा पुगे । अष्ट्रेलिया नेटरनरेटको कारण बाहिरिएको थियो ।
अष्ट्रेलियालाई हराउन डेभन कन्वेले ५८ बलमा ९२ रन फिन एलेनले १६ बलमा ४२ रन जोडेका थिए । दोस्रो खेल वर्षाको कारण अफगानिस्तानसँग अंक बाँड्नु परेको थियो । श्रीलंकालाई ६५ रनले हराएको थियो ।
श्रीलंकाविरुद्ध जितमा ग्लेन फिलिप्सले ६४ बलमा १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए । न्युजिल्यान्ड इंग्ल्यान्डसँग २० रनले पराजित भएको थियो । फिलिप्सले उक्त खेलमा ६२ रन जोडेका थिए । न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हराएको थियो । उक्त खेलमा केन विलियम्सनले ३५ बलमा ६१ रन जोडेका थिए ।
विलियम्सन, फिलिप्स, कन्वे र एलेन प्रमुख ब्याटर हुन् । यी चार ब्याटरको प्रदर्शनले न्युजिल्यान्डको ब्याटिङ योगफल निर्धारण हुने देखिन्छ । न्युजिल्यान्डको तल्लोक्रम कमजोरीको रुपमा छ । जेम्श निसम, डर्याल मिचेल र मिचेल सान्टनार रहनेछन् ।
गतवर्ष इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै फाइनलमा पुर्याउन डर्याल मिचेल हिरो बन्दै ४७ बलमा ७२ रनको अविजित इनिङ खेलेका थिए । न्युजिल्यान्ड मैदानमा सधैं उच्च प्रदर्शन गर्ने टोली हो । कागजी रुपमा खासै स्टार खेलाडी नभएपनि मैदानमा दमदार प्रदर्शन गर्ने गर्दछन् ।
न्युजिल्यान्डको बलिङ आक्रमण मजबुत छ । तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, टिम साउथी र लोकी फर्गुसन हुनेछन् । यी तीन तीव्र गतिका बलरले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । स्पिनर मिचेल सान्टनार र ईश सोधी हुनेछन् ।
पाकिस्तानले १९९२ को एकदिवसिय विश्वकप उपाधि जित्दा सेमिफाइनलमा न्युजिल्यान्डलाई नै ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
न्युजिल्यान्डले टोलीमा परिवर्तन गर्ने सम्भावना निकै कम देखिन्छ । ओपनरमा फिन एलेन र कन्वेलाई निरन्तरता दिनेछ । जसको कारण मार्टिन गुप्टिल बेन्चमै बस्नेछन् । मार्क च्यापम्यान, एडम मिल्ने र माइकल ब्रेसवेल पनि बेन्चमै बस्ने देखिन्छ ।
पाकिस्तान र न्युजिल्यान्डबीच हालसम्म २८ टि२० आई खेल भएका छन् । पाकिस्तान १७ र न्युजिल्यान्ड ११ खेलमा विजयी भएका छन् । यी दुई देशबीच भएका पछिल्ला पाँच खेला पाकिस्तान चार खेलमा विजयी भएको छ ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा १ खेल अगावै उपाधी जित्ने लक्ष्यमा थाइल्याण्ड नेदरल्याण्ड्ससँग खेल्दैछ । दुईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्ससँग खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेदरल्याण्ड्सलाई भने […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]