2 years ago
November 6, 2022
एजेन्सी – अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गर्ने आइसिसी टि२० विश्वकप २०२४ मा नेदरल्यान्ड्ससहित १२ टोली सोझै छनोट भएका छन् । अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपमा सानदार प्रदर्शन गरेपछि नेदरल्यान्ड्स शीर्ष आठमा पर्दै सोझै विश्वकपमा पुगेको हो ।
विश्व टि२० आई वरियतामा नेपाल भन्दा पछि रहेको नेदरल्यान्ड्सले सोझै विश्वकप २०२४ मा स्थान बनाएको हो । दक्षिण अफ्रिकालाई हराउँदै दुई महत्त्वपूर्ण अंक थपेको थियो । सोहि नतिजा नेदरल्यान्ड्सका लागि अर्को विश्वकप खेल्न निर्णायक सावित भयो । नेदरल्यान्ड्सले बंगलादेशलाई पछि पार्दै समूहको चौथो हुँदा समग्रमा शीर्ष ८ मा परेको हो ।
यता नेपालले भने २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपको लागि एसिया कप छनोट खेल्नु पर्ने भएको हो । सोझै विश्वकपमा छनोट हुनेमा यस विश्वकपका शीर्ष आठ टोलीमा न्युजिल्यान्ड, इंग्ल्यान्ड, अष्ट्रेलिया, श्रीलंका, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स रहेका छन् ।
नेदरल्यान्ड्सले सुपर १२ को समूह बी मा शीर्ष चारमा रहेपछि सोझै विश्वकपमा स्थान पाएको हो । सुपर १२ को समूह ए र बी मा शीर्ष चारमा रहने सबै टोलीले सोझै विश्वकपमा स्थान बनाएका हुन् ।
बंगलादेश र अफगानिस्तान भने टि२० आई विश्व वरियताको कारण सोझै छनोट हुने भएका छन् । यसका लागि १४ नोभेम्बर २०२२ को वरीयता हेरिनेछ । तर वरीयताको स्थिति हेर्दा बंगलादेश र अफगानिस्तान नै विश्वकपमा खेल्नेछन् । त्यस्तै अमेरिका र वेस्टइन्डिज पनि आयोजक टोली हुँदै छनोट भएका छन् । अमेरिकाले पहिलो पटक विश्वकप खेल्नेछ ।
नेदरल्यान्ड्सले सुपर १२ को समूह बी मा ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथौ स्थानमा रह्यो । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रन र जिम्बावेलाई ५ विकेटले हराएको थियो । बंगलादेश ५ खेलमा २ मा जित ४ जित र ३ मा हारसहित पाँचौं र जिम्बावे ५ खेलमा ३ अंकका साथ पुछारमा रह्यो ।
सुपर १२ को समूह ए को पुछारमा रहेको अफगानिस्तान वरियताको कारण सोझै विश्वकपमा स्थान बनायो । अफगानिस्तानको विश्व वरियता १० औं र बंगलादेशको नवौं स्थानमा छन् । नेपाल शीर्ष १० टि२० आई वरियतामा परेको भए सोझै विश्वकप खेल्न पाउने थियो । तर नेपालको वरियता १६ औं स्थानमा छ । नेदरल्यान्ड्स नेपाल भन्दा पछि १७ औं स्थानमा छ ।
आइसिसीको विश्वकप छनोट नियम अनुसार यस विश्वकपका शीर्ष ८ टोली सोझै विश्वकप खेल्न पाउने थियो । २०२४ को विश्वकप देखि २० टोलीको विश्वकपमा सहभागीता जनाउने छन् । टि२० विश्वकपमा पहिलो पटक २० टोली सहभागी भएका हुन् ।
आयरल्यान्ड, जिम्बावे, नेपाल, स्कटल्यान्ड, युएई, नामिबिया लगायतका देशले छनोट खेल्नु पर्ने भएको छ । नेपालले एसिया क्षेत्र छनोट खेल्नुपर्ने हुन्छ । विभिन्न पाँच क्षेत्रबाट अब ८ टोली छनोट खेलेर विश्वकप खेल्नेछन् ।
अफ्रिका, एसिया र युरोपबाट दुई दुई टोली आउनेछन् । बाँकी दुई टोली अमेरिका र इएपी क्षेत्रबाट एक एक आउनेछन् । एसिया छनोटमा नेपाल, ओमान, युएई, हङकङ लगायत ९ टोली हुनेछन् । जुन टोलीलाई दुई क्षेत्रमा विभाजन गरिनेछ ।
टि२० विश्वकप २०२२ मा सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड समूह विजेता र इंल्यान्ड समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगे । समान ७ अंक भएपनि नेटरनरेटको कारण न्युजिल्यान्ड शीर्ष स्थानमा रह्यो । न्युजिल्यान्डको नेटरनरेट प्लस २.११३ र इंग्ल्यान्डको प्लस ०.४७३ रह्यो । अष्ट्रेलिया समान ७ अंक भएपनि नेटरनरेट माइनस ०.१७३ रहँदा बाहिरियो । श्रीलंका ५ खेलमा ४ अंकका साथ चौथो स्थानमा रहँदै आगमी विश्वकपको लागि सोझै छनोट भयो ।
आयरल्यान्ड ३ अंकका साथ पाँचौं र अफगानिस्तान २ अंकका साथ पुछारमा रह्यो । सुपर १२ को समूह ए मा भारत ८ अंकका साथ समूह विजेता बन्यो । पाकिस्तान ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो ।
दक्षिण अफ्रिका ५ अंकका साथ बाहिरियो । टि२० विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश पहिलो जित दर्ज गर्न सफल भएको छ। आज गण्डकीले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्यो। कम योगफलको प्रतिस्पर्धामा गण्डकीले जितको लागि मात्र ९२ रनको सहज लक्ष्य पायो। जहाँ उसले २९.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो। सहज लक्ष्य पाएपनि गण्डकीले सुरुवात कमजोर गर्यो। २१ […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]