2 years ago
November 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सुशन भारी र कप्तान विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको छ । यो जितसँगै आर्मीले सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३३.२ ओभरमा ९६ रनमा अल आउट भयो । गण्डकीको लागि ओपनर समिर कंडेलले ९२ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाए ।
अर्जुन कुमालले ४३ बलमा २ चौकासहित १४ रन बनाए । पहिलो विकेटका लागि अर्जुन र समिरले १६ ओभरमा ४१ रनको सुरुवात दिलाएका थिए । अर्जुन साहब आलमको बलमा सिलिपमा सुशन भारीबाट क्याच आउट भए ।
त्यसपछि गण्डकीले लगातार विकेट गुमायो । अन्य ब्याटरले राम्रो गर्न सकेनन् । एक समय ४१–० भएको गण्डकी ५८–६ को अवस्थामा पुगेको थियो । अभिषेक बस्नेत एक, विधान श्रेष्ठ र सन्देश बस्नेत शून्यमा आउट भए ।
अमृत गुरुङ ५, सुवास भण्डारी ३, कप्तान विपिन खत्री १९, कमल परियार, सन्दीप क्षेत्री र चन्द्रकान्त पौडेलले खाता खोल्न सकेनन् ।
आर्मीका सुशन भारीले ९ ओभरमा २ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिए । कुशल मल्लले ७ ओभरमा १ मेडनसहित २८ रन खर्चेर २ विकेट लिए । साहब आलमले ७.२ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । विक्रम सोबले एक विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मी ४७.४ ओभरमा १ सय ६५ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोद भण्डारीले ७९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५४ रन बनाए ।
एक समय ५४–६ को अवस्थामा पुगेको आर्मीलाई सातौं विकेटका लागि विनोद भण्डारी र भीम सार्कीले ७९ रनको साझेदारी गर्दै सुरक्षित योगफलमा पुर्याएका थिए । रन आउट हुनुअघि भीमले ४५ बलमा ३ चौका र १ छक्कासहित ३९ रन बनाए ।
ओपनर अनिल मण्डल २६ र अर्जुन साउद १३ रनमा आउट भए । हरि चौहान ६, रोहित पौडेल ४ र कुशल मल्ल शून्यमा आउट भए ।
गण्डकीका विपिन खत्रीले १० ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए । कमल परियारले २ विकेट लिए । अमृत गुरुङ, चन्द्रकान्त पौडेल र सुवास भण्डारीले एक एक विकेट लिए ।
समूह ए बाट एपिएफ ४ खेलमा ७ अंकका साथ सेमिफाइनलमा पुगेको छ । गण्डकी ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । आर्मीले अन्तिम खेलमा मंगलबार कर्णालीसँग खेल्नेछ । उक्त खेलमा विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । कर्णाली विजयी हुँदा गण्डकी सेमिफाइनलमा पुग्नेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]