2 years ago
November 6, 2022
एजेन्सी – तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको घातक बलिङमा बंगलादेशले आइसिसी टि२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलमा पुग्न १ सय २८ रनको मध्यम लक्ष्य दिएको छ ।
एडिलेड ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन बनायो । बंगलादेशका ओपनर नाज्मुल हसन शान्टोले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५४ रनको योगदान दिए ।
ओपनर लिटन दास ८ बलमा १ छक्कासहित १० रनमा आउट भए । उनी तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीका बलमा शन मसुदबाट क्याच भए । सौम्य सरकार १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा क्याच आउट भए ।
स्पिनर शादब खानको बलमा मसुदबाट क्याच भएका थिए । शादब खानले सकिब अल हसनलाई एक रनमा एलबीडब्लू आउट गरे । त्यसपछि शाहिन शाह अफ्रिदीले बंगलादेशको मध्यक्रम धरासयी बनाए । मोसाद्देक हसन ५, नुरुल हसन शून्य र तस्किन अहमदले एक रन बनाए । अफिफ हुसैन २० बलमा ३ चौकासहित २४ रनमा अविजित रहे ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । शादब खानले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । हरिस रौफ र इफ्तिखार अहमदले एक एक विकेट लिए ।
सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् । सुपर १२ को अन्तिम खेलमा जिम्बावे र भारतबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको नतिजाले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ ।
दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले स्तब्ध भएपछि भारत जिम्बावेसँग खेल्नुअघिनै सेमिफाइनलमा पुगेको हो । पाकिस्तान र बंगलादेशबीचको खेलको विजेता टोली सेमिफाइनलमा पुग्ने समिकरण छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]