8 years ago
December 25, 2016
दिपेन्द्र पोखरेल
विराटनगर – कप्तान पारस खड्काको विस्फोटक अविजित शतकको मद्दतमा एपिएफले सातौं राष्ट्रिय खेलकुदको क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । सुदूरपश्चिमाञ्चललाई १ सय ४४ रनले हराउँदै एपिएफले दुई खेलमा शतप्रतिशत नतिजा निकालेको हो ।
पारसले अविजित १ सय ५ रन बनाएको खेलमा टस जितेर ब्याटिङ गरेको एपिएफ ४ विकेटको क्षेतिमा २ सय रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमाञ्चलले ६ विकेटको नोक्सानीमा ५६ रन मात्र बनाउन सक्यो । मात्र २६ बलमा अर्धशतक बनाएका पारसले ४१ बलमा शतक पुरा गरेका थिए । ४३ बल खेलेका राष्ट्रिय टोलीका कप्तान समेत रहेका पारसले ९ चौका र ८ छक्का प्रहार गरेका थिए ।
ओपनर सुवास खकुरेलले अविजित अर्धशतक बनाए । सुवासले ५१ बलमा ६ चौकाको मद्दतमा ६४ रन जोडे । सुवासले ३८ बलमा अर्धशतक पुरा गरेका थिए । अन्य चारजनाले भने दोहोरो आंकडामा रन बनाउन सकेनन् । सुदूरपश्चिमका दीनेश आग्रीले ३ विकेट लिए ।
२ सय १ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमाञ्चलको ब्याटिङ निकै कमजोर रह्यो । एपिएफका बसन्त रेग्मीले ३ ओभरमा १ मेडनसहित १० रन खर्चेर ३ विकेट लिए । करन केसी, भूवन कार्की र प्रदीप ऐरीले समान १ विकेट लिए । सूदुरपश्चिमाञ्चका लागि दीपक मल्ले सबैभन्दा बढी २१ रन जोडे । दुई खेलमा एपिएफको ४ अंक छ भने त्रिभुवन आर्मी क्लबको २ अंक छ । सूदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल अंक बिहिन छन् ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । समूह ए मा रहेका दुई देशबीचको खेल युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुदैछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । डिफेन्डिङ च्याम्पियन पाकिस्तानले गत संस्करणको फाइनलमा […]
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]
February 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ । १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए […]