2 years ago
November 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान हरिशंकर शाहसहित तीन खेलाडीको अर्धशतकमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई २ सय ६० रनको बलियो लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेश ४८.४ ओभरमा २ सय ५९ रनमा अल आउट भयो । मधेशका कप्तान हरिशंकर शाहले ९० बलमा १३ चौका र १ छक्कासहित सर्वाधिक ७६ रन बनाए ।
ओपनर सन्तोष कार्कीले ६० बलमा ५ चौका र ३ छक्कासहित ५० रनमा आउट भए । विकेटकिपर अनिल शाहले ४९ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा आउट भए ।
मधेशलाई ओपनर सन्तोष कार्की र हरिशंकर शाहले पहिलो विकेटका लागि २२.१ ओभरमा १ सय ३० रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । देव खनालले सन्तोषलाई सुनिल भण्डारीबाट क्याच गराउँदै साझेदारी तोडे ।
त्यसपछि अनिल खरेलले हरिशंकरलाई एलबीडब्लू आउट गरेपछि लुम्बिनी खेलमा फर्किएको थियो । अनिलको यो लगातार दोस्रो अर्धशतक हो । अनिलले पहिलो खेलमा प्रदेश १ विरुद्ध ६१ रन बनाएका थिए । अनिल यसै सिजनदेखि पुलिस छाडेर घरेलु टोली फर्किएका छन् ।
विवेक यादव ३८ बलमा २ छक्का हान्दै २१ र आदिल आलम १२ रनमा आउट भए । रोहन विक ७ र ईमरान शेखले १० रन बनाए । लुम्बिनी प्रदेशका तीव्र गतिका बलर कृष्ण कार्कीले ८ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए ।
अनिल खरेलले ९.४ ओभरमा १ मेडन सहित ३७ रन खर्चेर २ विकेट लिए । मोहम्मद हुसेन, बसिर अहमद र देव खनालले एक एक विकेट लिए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]