2 years ago
November 4, 2022
एजेन्सी – आइसिसी टि२० विश्वकपमा पाकिस्तान सेमिफाइनलमा पुग्न अन्तिम खेलमा भारतले हार्नुपर्ने हुन्छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न भारतले हार्नुपर्ने हुन्छ ।
आइतबार भारत जिम्बावेसँग पराजित हुँदा र पाकिस्तानले बंगलादेशलाई हराउँदा सेमिफाइनलमा पुग्ने समिकरण छ । सुपर १२ को समूह बी मा दक्षिण अफ्रिका ४ खेलमा २ मा जित, एक खेलमा हार र एक खेलमा अंक बाँड्दै दोस्रो स्थानमा छ । भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ ।
पाकिस्तान ४ खेलमा २ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । पाकिस्तानले आइतबार अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । उक्त खेलमा पाकिस्तान विजयी हुँदा ६ अंक हुनेछ । तर ६ अंक मात्र सेमिफाइनल खेल्न पर्याप्त हुनेछैन । आइतबार नै भारतले जिम्बावेसँग खेल्नेछ । भारत पराजित हुँदा र पाकिस्तान विजयी हुँदा ६–६ अंक हुनेछ ।
यो अवस्थामा पाकिस्तान नेटरनरेटको कारण सेमिफाइनलमा पुग्ने समिकरण छ । भारतको नेटरनरेट प्लस ०.७३० छ । पाकिस्तानको प्लस १.११७ छ । यो अवस्थामा पाकिस्तान सेमिफाइनलमा पुग्ने देखिन्छ । त्यसैले पाकिस्तान भारतको हारको पर्खाईमा हुन्छ ।
आफूलाई एक रनले स्तब्ध पारेको पाकिस्तान जिम्बावेबाट अन्तिम खेलमा जित चाहन्छ । भारतसँग पहिलो खेलमा चार विकेट र जिम्बावेसँग पराजित भएपछि पाकिस्तानको सेमिफाइनल यात्रा कठिन बनेको हो । त्यसपछि नेदरल्यान्ड्सलाई ६ विकेट र दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतिको आधारमा ३३ रनले हराएको थियो ।
यता दक्षिण अफ्रिकाले आइतबार नै नेदरल्यान्ड्ससँग खेल्छ । दक्षिण अफ्रिका ७ अंकका साथ सेमिफाइनल खेल्न चाहन्छ । दक्षिण अफ्रिका र भारत दुबै अन्तिम खेलमा विजयी हुँदा नेटरनरेटको आधारमा समूह विजेता र उपविजेता निर्धारण हुनेछ । दक्षिण अफ्रिकाको नेटरनरेट प्लस १.४४१ छ ।
आइतबार रोचक खेलहरु हुनेछन् । आइतबार बिहान ५ : ४५ पहिला दक्षिण अफ्रिका र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । दक्षिण अफ्रिका नेदरल्यान्ड्सलाई हराउँदै सेमिफाइनल स्थान पक्का गर्न खोज्नेछ । बिहान ९: ४५ मा बंगलादेश र पाकिस्तान भिड्नेछन् । पाकिस्तान बंगलादेशलाई हराउँदै भारत र जिम्बावेको नतिजा पर्खिनेछ । भारत र जिम्बावेबीचको खेल दिउँसो १: ४५ मा सुरुहुनेछ । पाकिस्तान भारतको हारको पर्खाईमा बस्नेछ ।
यता सुपर १२ को समूह ए बाट न्युजिल्यान्डले सेफिाइनलमा टिकट पक्का गरेको छ । न्युजिल्यान्ड ५ खेलमा ७ अंकका साथ सेमिफाइनलमा पुगेको हो । अव अष्ट्रेलिया र इंग्ल्यान्ड मध्य एक टोली सेमिफाइनलमा पुग्नेछन् ।
इंग्ल्यान्डले अन्तिम खेल शनिबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलमा विजयी हुँदा स्वतः सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा अष्ट्रेलिया पुग्ने समिकरण छ । इंग्ल्यान्ड विजयी हुँदा समान ७ अंक भएपनि साविक विजेता तथा घरेलु टोली अष्ट्रेलिया नेटरनरेटको कारण बाहिरिनुपर्छ । अष्ट्रेलियाको नेटरनरेट ०.१७३ र इंग्ल्यान्डको प्लस ०.५४७ छ ।
पहिलो सेमिफाइनल ९ नोभेम्बर र दोस्रो १० नोभेम्बरमा हुनेछ । पहिलो सेमिफाइनल सिड्नी र दोस्रो एडिलेडमा हुनेछ । फाइनल १३ नोभेम्बरमा मेलबर्नमा हुनेछ । सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेताले समूह बी को विजेतासँग खेल्नेछ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]