default_image

2 years ago

November 4, 2022

सन्दीपको मुद्दामा बहस सकियो, आदेश आजै आउने

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहससँगै बहस सकिएको हो । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीम रिहा गर्ने आदेश अदालतले आजै दिने सम्भावना रहेको बताइएको छ ।

बिहीबार प्रतिवादी सन्दीपको ८ जना वकिलहरूले बहस गरेका थिए । पीडित नाबालिगको पक्षबाट ७ जनाले बुधबार नै बहस गरिसकेका थिए । जसमा चार जना सरकारी वकिल र तीन जना अन्य वकिलहरूले बहस गरेका थिए। सरकारी वकिलको कार्यालयले सन्दीपविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो ।

प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो । सन्दीपविरूद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । सन्दीपले बलात्कार आरोप अस्वीकार गर्दै आएका छन् । उनको पक्षबाट बहस गर्नेले किशोरी नाबालिग नरहेको प्रमाण पेश गरेको बताएका थिए ।
२४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

June 28, 2024

भारत टि-ट्वान्टी विश्वकपको फाइनलमा

एजेन्सी – इङ्ल्यान्ड माथि फराकिलो जित दर्ता गर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गयानामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत तेस्रो पटक टि-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १ […]

June 27, 2024

सेमिफाइनलमा इंग्ल्यान्डले टस जित्यो

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले टस जितेर पहिलो फिल्ड गर्ने भएको छ । भारतले पहिलो ब्याटिङको निम्तो पाएको छ । प्रतियोगितामा अपराजित रहेको भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । इंग्ल्यान्डले सुरुवाती खेलमा बेन्चमा रहेका साम करनलाई आजको खेलमा पनि समावेश गरेको छ । भारत: रोहित शर्मा, विराट कोहली, ऋषभ पन्त, […]

June 27, 2024

भारत र इङ्ल्यान्डबीचको सेमिफाइनलमा वर्षा बाधक

एजेन्सी – साविक विजेता इङ्ल्यान्ड र भारतबीच टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनल बर्षाका कारण प्रभावित भएको छ। नेपाली समय अनुसार बेलुका ८:१५ बजे गयानामा सुरु हुनुपर्ने खेलअघि बर्षा भएपछि टस पनि भएको छैन। अहि वर्षा रोकिएको छ। केही समयमा मैदानको निरीक्षणपछि खेलका बारेमा नयाँ जानकारी आउनेछ। पहिलो सेमिफाइनलमा रिजर्व दिन रहेपनि दोस्रो सेमिफाइनलमा आइसिसीले रिजर्व दिन […]

Success

Thank you for your time.