default_image

2 years ago

November 4, 2022

गण्डकीसँग एपिएफको लज्जास्पद ब्याटिङ

112 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशसँग लज्जास्पद ब्याटिङ गर्दै १ सय १६ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफ ३५.१ ओभरमा १ सय १५ रनमा अल आउट भयो । खेल ढिलो सुरु हुँदा ४३ ओभरमा भएको थियो । एपिएफको लागि भुवन कार्कीले ५३ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २४ रनमा अविजित रहे ।

ओपनर प्रदीप ऐरी शून्य, आसिफ शेख एक, लोकेश बम २२, पुरन विक २३ र सन्दीप जोरा २२ रनमा आउट भए । सुमित महर्जन एक, शरद भेषवाकर ३ र अमरसिंह राउटेला १३ रनमा आउट भए ।

गण्डकीको लागि अर्जुन कुमालले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । अमृत गुरुङले ४.१ ओभरमा २ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए । सुवास भण्डारीले ९ ओभरमा ४ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । विपिन खत्री र चन्द्रकान्त पौडेलले एक एक विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.