2 years ago
November 3, 2022
काठमाडौैं (हाम्रो खेलकुद) – विकेटकिपर अनिल शाह र अलराउन्डर रुपेश सिंहको अलराउन्ड प्रदर्शनमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मधेशले छिमेकी टोली प्रदेश एकलाई ७२ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।
जितको लागि २ सय १५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक ४३.१ ओभरमा १ सय ४२ रनमा अल आउट भयो । प्रदेश एकको लागि लव कामतले ९४ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाए ।
ओपनर निरज मुखिया ६, अंकित सुवेदी शून्य, मिनाश थापा १२, सोनु अन्सारी १०, विवेक आनन्द मेहता २५, सिद्धान्त लोहनी शून्य, फिर्दोस अन्सारी २२, सोनु मण्डल र दीपक जोशीले ११-११ रन बनाए ।
मधेशका लागि मोहम्मद आदिल आलाम, रुपेश सिंह, प्रदीप पासवान र विशाल शुश्लिङले दुई दुई विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेश ४८.१ ओभरमा २ सय १४ रनमा अल आउट भयो । मधेशको लागि विकेटकिपर अनिल शाहले ८९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए ।
विवेक यादवले ५४ बलमा २ चौका र १ छक्कासहित ३२ र रोहन विकले ४९ बलमा ४ चौकासहित २८ रनमा आउट भए । फिर्दोसले दुवै ओपनर सन्तोष कार्की र कप्तान हरिशंकर शाहलाई आउट गरेका थिए । सन्तोष फिर्दोसको पहिलो ओभरको पाँचौं बलमा शून्यमा एलबीडब्लू आउट भए ।
हरिशंकर १५ रनमा विकेटकिपर निरज मुखियाबाट क्याच आउट हुन पुगेका थिए । फिर्दोसले विवेक यादवलाई ७ र विशाल शुश्लिङलाई ३ रनमा आउट भएका थिए ।
फिर्दोसले प्रदीप पासवानलाई एक रनमा एलबीडब्लू आउट गर्दै पाँच विकेट पूरा गरेका थिए । उनको यो राष्ट्रिय प्रतियोगितामा पहिलो पाँच विकेट हो । तल्लोक्रमका रुपेशसिंह २५ बलमा ३० रनमा आउट भए ।
प्रदेश एकका फिर्दोस अन्सारीले ९.१ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिए । सिद्धान्त लोहनीले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । श्रवण यादव र लव कामतले एक एक विकेट लिए ।
मधेशले दोस्रो खेल आइतबार लुम्बिनीसँग मुलपानीमा खेल्नेछ । प्रदेश एक पहिलो खेलमा पुलिससँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बागमती प्रदेशलाई ६९ रनले हराएको थियो । आइतबार टियुमा लुम्बिनीसँग खेल्नेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]