2 years ago
November 3, 2022
एजेन्सी – अलराउन्डर शादब खानको विष्फोटक ब्याटिङमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पुग्न १ सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । पाकिस्तानका शादब खानले २२ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनको विष्फोटक इनिङ खेले । शादबले २० बलमा अर्धशतक प्रहार गरेका थिए ।
इफ्तिखार अहमदले ३५ बलमा ३ चौका र २ छक्कासहित ५१ रनमा आउट भए । छैटौं विकेटका लागि शादब र इफ्तिखारले ३६ बलमा ८२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । पाँचौं विकेटका लागि मोहम्मद नवाज र इफ्तिखारले ३९ बलमा ५२ रनको साझेदारी गरेका थिए ।
ओपनर मोहम्मद रिजवानलाई तीव्र गतिका बलर वेन पार्नेलले पहिलो ओभरको चौथो बलमा बोल्ड आउट गरे । पहिलो विश्वकप खेल खेलेका युवा ब्याटर मोहम्मद हरिस आक्रामक सुरुवात दिलाउनेक्रममा ११ बलमा २ चौका र ३ छक्कासहित २८ रनमा आउट भए । उनी तीव्र गतिका बलर एनरिच नोर्कियाको बलमा एलबीडब्लू आउट भए । रिभ्यु लिएपनि उनी सफल हुन सकेनन् ।
नोर्कियाले नै शन मसुदलाई दुई रनमा आउट गरे । लगातार खराब प्रदर्शन गर्दै आएका कप्तान बाबर आजम १५ बलमा ६ रनमा आउट भए । मोहम्मद नवाज २२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।
दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले ४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । वेन पार्नेल, कागिसो रबाडा, लुन्गी एनगिडी र तबरेज शाम्सीले एक एक विकेट लिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]