2 years ago
November 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अंकित सुवेदीको शतक र सिद्धान्त लोहनीको विष्फोटक ब्याटिङमा प्रदेश एकले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशमाथि ६९ रनको सानदार जित हात पारेको छ । बागमतीको यो लगातार दोस्रो हार हो ।
जितका लागि ३ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको बागमती प्रदेश ४५.५ ओभरमा २ सय ३५ रनमा अल आउट भयो । बागमती प्रदेशका नन्दन यादवले ४८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रनमा आउट भए ।
तेस्रो ओभरको दोस्रो बलमा फिर्दोस अन्सारीले ओपनर रित गौतमलाई ८ रनमा एलबीडब्लू आउट गरे । आशुतोष घोईराया १० बलमा २ चौका १ छक्कासहित १४ रनमा आउट भए ।
कप्तान ज्ञानेन्द मल्ल ४३ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा आउट भए । पृथु बाँस्कोटा ४ र दुर्गेश थापा २६ रनमा आउट भए । छैटौं विकेटका लागि नन्दन यादव र दुर्गेश थापाले ५९ रनको सर्वाधिक साझेदारी गरेका थिए ।
तल्लोक्रमका रामनरेश गिरीले २७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । प्रतिश जि.सी १२, सूर्य तामाङ २ र तिलकराज भण्डारी ८ रन बनाए ।
प्रदेश एकका कप्तान सिद्धान्त लोहनीले १० ओभरमा १ मेडनसहित ३६ रन खर्चेर २ विकेट लिए । श्रवण यादवले ९.५ ओभरमा ३ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । फिर्दोस अन्सारीले ९ ओभरमा १ मेडनसहित ३६ रन खर्चेर २ विकेट लिए । दीपक जोशीले ६ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । लव कामतले एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एक ४९.५ ओभरमा ३ सय ४ रनमा अल आउट भएको थियो । प्रदेश एकका ओपनर अंकित सुवेदीले १ सय ३४ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । उनले १ सय २२ बलमा आफ्नो राष्ट्रिय प्रतियोगितामा पहिलो शतक हानेका हुन् ।
कप्तान सिद्धान्त लोहनीले ४० बलमा ३ चौका र ८ छक्कासहित ७२ रनको इनिङ खेले । सिद्धान्तले २९ बलमा प्रतिश जि।सीलाई चौका हान्दै अर्धशतक पूरा गरेका थिए । पाँचौं विकेटका लागि सिद्धान्त र अंकित सुवेदीले १ सय २ रनको विष्फोटक शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।
सिद्धान्त तीव्र गतिका बलर नन्दन यादवको ४७ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा एज लागेर मिडअनमा कट एण्ड बोल्ड आउट भए । सिद्धान्त लामो समयपछि घरेलु क्रिकेटमा सानदार प्रदर्शन गरेका हुन् ।
अंकितले शतक प्रहार गर्न दुई महत्वपूर्ण जीवनदान पाए । ११ औं ओभरमा कप्तान ज्ञानेन्द्र मल्लले कभरमा ब्यक्तिगत १७ रनमा जीवनदान पाएका थिए । प्रतिश जि।सीको १८ औं ओभरको पाँचौं बलमा सूर्य तामाङले ३२ रनमा क्याच छाडेका थिए । अंकित ४८ औं ओभरको चौथो बलमा ईशान पाण्डेबाट क्याच आउट भए ।
तीव्र गतिका बलर रामनरेश गिरीले सुरुवाती दुई विकेट लिएका थिए । आठौं ओभरको तेस्रो बलमा ओपनर निरज मुखियालाई १० रनमा क्याच गराए । लभ कामतलाई गिरीले नै एक रनमा बोल्ड भए । प्रतिश जि।सीले मिनाश थापालाई ८ रनमा एलबीडब्लू आउट गरे ।
युवा ब्याटर विवेक आनन्द मेहता ३८ बलमा २ चौका र २ छक्कासहित ३० र सोनु अन्सारी १९ रनमा आउट भए । सोनुले १७ बलमा १ चौका र २ छक्का हाने । सुजन थपलिया ५, श्रवण यादव ११ र फिर्दोस अन्सारीले १० रन बनाए ।
बागमती प्रदेशका रामनरेश गिरीले ९.५ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए । नन्दन यादव, सूर्य तामाङ, प्रतिश जि।सी र ईशान पाण्डेले एक एक विकेट लिए ।
बागती पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १ सय ९२ रनले पराजित भएको थियो । प्रदेश एक पहिलो खेलमा पुलिससँग ७ विकेटले पराजित भएको थियो । बागमतीले बुधबार मुलपानीमा लुम्बिनीसँग खेल्नेछ ।
प्रदेश १ ले बिहीबार मुलपानीमा मधेशसँग खेल्नेछ । समूह ए मा आर्मी, एपिएफ, गण्डकी, सुदूरपश्चिम र कर्णाली छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश १ छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]