2 years ago
November 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश एकका कप्तान सिद्धान्त लोहनीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा छक्काको वर्षा गराउँदै बागमती प्रदेशविरुद्ध विष्फोटक ब्याटिङ गरेका छन् ।
सिद्धान्तको विष्फोटक ब्याटिङ र अंकित सुवेदीको शतकमा प्रदेश एकले बागमतीलाई ३ सय ५ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एक ४९.५ ओभरमा ३ सय ४ रनमा अल आउट भयो ।
कप्तान सिद्धान्त लोहनीले ४० बलमा ३ चौका र ८ छक्कासहित ७२ रनको विष्फोटक इनिङ खेले । सातौं नम्बरमा ब्याटिङ गर्दै सिद्धान्तले बागमतीका स्तरिय बलरविरुद्ध विष्फोटक ब्याटिङ गरेका हुन् । सिद्धान्तले घरेलु क्रिकेटमा लामो समयपछि सानदार पूनरागमन गरेका हुन् ।
सिद्धान्तले २९ बलमा प्रतिश जि.सीलाई चौका हान्दै अर्धशतक पूरा गरेका थिए । सिद्धान्त ३५ औं ओभरको तेस्रो बलमा सोनु अन्सारी आउट भएपछि ब्याटिङका लागि आएका थिए । ३६ औं ओभरको अन्तिम बलमा सूर्यलाई छक्का हान्दै सिद्धान्तले हात खोलेका थिए ।
४० औं ओभरमा तिलकराज भण्डारीलाई सिद्धान्तले दुई छक्का र एक चौका लगातार हानेका थिए । ४२ औं ओभरमा प्रतिश जि.सीलाई सिद्धान्तले दोस्रो बलमा चौका र त्यसपछिका दुई लगातार छक्का हानेका थिए । प्रतिशलाई पुन ४४ औं ओभरमा एक चौका र एक छक्का हाने ।
सिद्धान्त तीव्र गतिका बलर नन्दन यादवको ४७ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा एज लागेर मिडअनमा कट एण्ड बोल्ड आउट भए । सिद्धान्त लामो समयपछि घरेलु क्रिकेटमा सानदार प्रदर्शन गरेका हुन् ।
सिद्धान्तले २०२१ मा कर्णालीविरुद्ध ६६ रनपछि पहिलो अर्धशतक हो । प्रदेश एकका ओपनर अंकित सुवेदीले १ सय ३४ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेलेका थिए ।
उनले १ सय २२ बलमा आफ्नो राष्ट्रिय प्रतियोगितामा पहिलो शतक हानेका हुन् । बागमती प्रदेशका रामनरेश गिरीले ९.५ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]