default_image

2 years ago

November 1, 2022

अंकितको शतक र सिद्धान्तको विष्फोटक ब्याटिङमा प्रदेश एकको विशाल योगफल

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अंकित सुवेदीको शतक र सिद्धान्त लोहनीको विष्फोटक ब्याटिङमा प्रदेश एकले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ३ सय ५ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एक ४९.५ ओभरमा ३ सय ४ रनमा अल आउट भयो ।
प्रदेश एकका ओपनर अंकित सुवेदीले १ सय ३४ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । उनले १ सय २२ बलमा आफ्नो राष्ट्रिय प्रतियोगितामा पहिलो शतक हानेका हुन् ।

कप्तान सिद्धान्त लोहनीले ४० बलमा ३ चौका र ८ छक्कासहित ७२ रनको इनिङ खेले । सिद्धान्तले २९ बलमा प्रतिश जि.सीलाई चौका हान्दै अर्धशतक पूरा गरेका थिए । पाँचौं विकेटका लागि सिद्धान्त र अंकित सुवेदीले १ सय २ रनको विष्फोटक शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।

सिद्धान्त तीव्र गतिका बलर नन्दन यादवको ४७ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा एज लागेर मिडअनमा कट एण्ड बोल्ड आउट भए । सिद्धान्त लामो समयपछि घरेलु क्रिकेटमा सानदार प्रदर्शन गरेका हुन् ।

अंकितले शतक प्रहार गर्न दुई महत्वपूर्ण जीवनदान पाए । ११ औं ओभरमा कप्तान ज्ञानेन्द्र मल्लले कभरमा ब्यक्तिगत १७ रनमा जीवनदान पाएका थिए । प्रतिश जि.सीको १८ औं ओभरको पाँचौं बलमा सूर्य तामाङले ३२ रनमा क्याच छाडेका थिए । अंकित ४८ औं ओभरको चौथो बलमा ईशान पाण्डेबाट क्याच आउट भए ।

तीव्र गतिका बलर रामनरेश गिरीले सुरुवाती दुई विकेट लिएका थिए । आठौं ओभरको तेस्रो बलमा ओपनर निरज मुखियालाई १० रनमा क्याच गराए । लभ कामतलाई गिरीले नै एक रनमा बोल्ड भए । प्रतिश जि.सीले मिनाश थापालाई ८ रनमा एलबीडब्लू आउट गरे ।

युवा ब्याटर विवेक आनन्द मेहता ३८ बलमा २ चौका र २ छक्कासहित ३० र सोनु अन्सारी १९ रनमा आउट भए । सोनुले १७ बलमा १ चौका र २ छक्का हाने । सुजन थपलिया ५, श्रवण यादव ११ र फिर्दोस अन्सारीले १० रन बनाए ।

बागमती प्रदेशका रामनरेश गिरीले ९.५ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए । नन्दन यादव, सूर्य तामाङ, प्रतिश जि.सी र ईशान पाण्डेले एक एक विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.