default_image

2 years ago

November 1, 2022

न्युजिल्यान्डसँग बदला लिने सोचमा इंग्ल्यान्ड

100 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा ब्रिस्बेनमा सुरुहुनेछ । सुपर १२ को समूह ए मा रहेको न्युजिल्यान्ड आज विजयी हुँदा सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्नेछ ।

उपाधि दाबेदार इंग्ल्यान्ड यस खेलमा पराजित हुँदा बाहिरिने लगभग पक्कापक्कि हुनेछ । त्यसैले इंग्ल्यान्डलाई जित्नै पर्ने दबाब छ । न्युजिल्यान्डले पहिलो खेलमा अष्ट्रेलियालाई ८९ रनले पराजित गरेको थियो । दोस्रो खेल अफगानिस्तानसँग अंक बाँडेको थियो । तेस्रो खेलमा श्रीलंकालाई ६५ रनले हराएको थियो । अव न्युजिल्यान्डले शुक्रबार आयरल्यान्डसँग खेल्नेछ । न्युजिल्यान्ड आज विजयी हुँदा ७ अंक हुनेछ । जुन सेमिफाइनल खेल्न पर्याप्त बन्नेछ ।

यता इंग्ल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराउँदा आयरल्यान्डसँग वर्षाको कारण ५ रनले पराजित भएको थियो । अष्ट्रेलियासँग अंक बाँडेको थियो ।

गतवर्ष विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । इंग्ल्यान्ड त्यसको बदला लिने सोचमा हुनेछ । त्यस खेलका हिरो डर्याल मिचेल पनि टोलीमा फर्किएका छन् । न्युजिल्यान्ड उच्च मनोबलका साथ मैदान प्रवेश गर्ने ।

यता इंग्ल्यान्ड यस खेलमा जित्नै पर्ने हुन्छ । इंग्ल्यान्डले अन्तिम खेल शनिबार श्रीलंकासँग खेल्नेछ । ७ अंकका साथ सेमिफाइनल खेल्न जित्नै पर्ने हुन्छ । इंग्ल्यान्ड आजको खेलमा पराजित हुँदा अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने सम्भावना उच्च हुनेछ । अष्ट्रेलिया ५ अंकका साथ दोस्रो स्थानमा छ ।

अन्तिम खेल अष्ट्रेलियाले शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । यदि इंग्ल्यान्ड आज विजयी हुँदा यी तीन टोलीको नै ७-७ अंक हुने सम्भावना छ । जसमा नेटरनरेट निर्णायक बन्नसक्छ । न्युजिल्यान्डको नेटरनरेट प्लस ३.८५०, अष्ट्रेलियाको माइनस ०.३०४ र इंग्ल्यान्डको प्लस २.२३९ छ ।

न्युजिल्यान्डले बलिङ र ब्याटिङ दुबैमा सानदार प्रदर्शन गर्दै आएको छ । बंगलादेशविरुद्ध कठिन परिस्थीतिमा ग्लेन फिलिप्सले शतक हानेका थिए । अष्ट्रेलियाविरुद्ध फिन एलेनले विष्फोटक अर्धशतक हानेका थिए ।

यी ब्याटरको खेल्ने शैलीनै विष्फोटक हुन् । अर्कोतर्फ तीव्र गतिको बलिङ राम्रोसँग खेल्ने गर्दछन् । त्यसैले इंग्ल्यान्डलाई निराश बनाउन सक्छन् । अर्का ओपनर डेभन कन्वे भरपर्दा ब्याटर हुन् । उनले अष्ट्रेलियालाई हराउन ९२ रनको सानदार इनिङ खेलेका थिए ।

कन्वे, फिलिप्स र एलेनको कारण न्युजिल्यान्डको ब्याटिङ मजबुत बनेको छ । कप्तान केन विलियम्सनले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । प्रमुख हतियार विलियम्सनबाट राम्रो प्रदर्शन चाहन्छ । जेम्श निसम र मिचेल सान्टनार फिनिसर हुन् । तल्लोक्रम ब्याटिङ न्युजिल्यान्डको कमजोरीको रुपमा रहेका छन् ।

तीव्र गतिका बलरमा ट्रेन्ट बोल्ट, टिम साउथी र लोकी फर्गुसनको जोडी लगातार हाबी हुँदै आएका छन् । यी तीन बलरमा गती र स्वींग धेरै राम्रो छ । त्यसैले इंग्ल्यान्डका ब्याटरलाई पुन निराश बनाउन सक्छन् । स्पिनरमा ईश सोधी र सान्टनारको जोडीले निरन्तरता पाउनेछ ।

यता इंग्ल्यान्ड नाम अनुसार खेल्ने हो भने जित निकाल्न कठिन देखिदैन । ओपनर जस बटलर र एलेक्स हेल्सबाट राम्रो सुरुवात चाहन्छ । प्रमुख हतियार रहेका बटलर विष्फोटक इनिङ खेल्न सकेका छैनन् ।

उनी महत्वपूर्ण खेलमा चल्ने इंग्ल्यान्डले विश्वास राखेको छ । त्यसपछिका डेविड मलान र बेन स्टोक्सबाट आक्रामक र ठूलो इनिङ चाहन्छ । यी दुई ब्याटरको पनि प्रदर्शन राम्रो छैन । खुलेर खेल्न सकेका छैनन् ।

त्यसपछि भने इंग्ल्यान्डको ब्याटिङ झनै विष्फोटकले भरिपूर्ण छ । लियाम लिभिङस्टोन, मोईन अली र साम करन हुनेछन् । यी तीन ब्याटर थोरै बलमा धेरै रन बनाउन सक्छन् । लिभिङस्टोन घातक बन्न सक्ने खेलाडी हुन् । शीर्षक्रमका ब्याटरले बढी जिम्मेवारीका साथ खेल्नुपर्ने हुन्छ ।

इंग्ल्यान्डको तीव्र गतिको बलरमा मार्कवुड, क्रिस वोक्स र साम करन हुनेछन् । साम करनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । मार्क वुड आफ्नो गतीमा पुन फसाउन चाहन्छन् । स्पिनरमा मोईन अली हुनेछन् । बेन स्टोक्स र लियाम लिभिङस्टोन पार्टटाइम बलर हुन् ।

आजको पहिलो खेलमा अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९ ः ४५ मा ब्रिस्बेनमै सुरुहुनेछ ।

हेड टु हेड :

इंग्ल्यान्ड र न्युजिल्यान्डबीच हालसम्म टि२० आईमा कुल २३ खेल भएका छन् । जसमा इंग्ल्यान्ड १३ र न्युजिल्यान्ड ८ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा न्युजिल्यान्ड तीन र इंग्ल्यान्ड दुई पटक विजयी भएका छन् । पछिल्लो पटक गतवर्ष सेमिफाइनलमा भिडेका थिए ।

अंक तालिका

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड ३ खेलमा २ मा जितसहित ५ अंकका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलिया ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा ५ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ ।

इंग्ल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेल रद्ध हुँदा ३ अंकका साथ तेस्रो स्थानमा छ । आयरल्यान्ड ४ खेलमा १ मा जित, २ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । अफगानिस्तान ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै पाँचौं स्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र २ मा हार सहित पुछारमा छ ।

सुपर १२ को समूह बी मा दक्षिण अफ्रिका ३ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ शीर्ष स्थानमा छ । भारत ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

बंगलादेश ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक जोड्दै तेस्रो स्थानमा छ । जिम्बावेले ३ खेलमा १ मा जित र १ मा हार सहित ३ अंकका साथ चौथो स्थानमा छ । पाकिस्तान ३ खेलमा २ मा हार र १ मा जित सहित पाँचौं स्थानमा छ । नेदरल्यान्ड्स तीनै खेलमा पराजित हुँदै पुछारमा छ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.