2 years ago
October 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि ५६ रनको नाटकीय जित हात पारेको छ ।
जितको लागि २ सय २० रनको विजयी लक्ष्य पछ्याएको आर्मी ३२.१ ओभरमा १ सय ६३ रनमा अल आउट भयो । आर्मीले अन्तिम २१ रन जोड्न ८ विकेट गुमाउँदै अविश्वसनीय ब्याटिङ गरेपछि जित नजिक पुगेर हारेको हो ।
एक समय आर्मी २४.३ ओभरमा आर्मी १४२–२ को बलियो अवस्थामा थियो । किशोर महतोले चौथो बलमा रोहित पौडेललाई ५१ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए । रोहितले ५९ बलमा ७ चौका प्रहार गरे ।
अन्तिम बलमा हरि चौहान पनि आसिफबाट ६५ रनमा क्याच आउट भए । चौहानले ६७ बलमा ७ चौका र १ छक्का प्रहार गरे । २६ औं ओभरको अन्तिम बलमा कमल ऐरीले विनोद भण्डारीलाई आसिफ शेखबाट नै एक रनमा क्याच गराए ।
त्यसपछि आर्मीले लगातार विकेट गुमायो । राजेश पुलामी मगर १, कुशल मल्ल ३, साहब आलम २ र विक्रम सोब १ रनमा रन आउट हुादै हार नजिक पुगेको थियो ।
अमरसिंह राउटेलाले सुशन भारीलाई ८ रनमा शरद भेषावकरबाट क्याच गराउँदै जित पक्का गराए । ओपनर अर्जुन साउद र तेस्रो नम्बरका ब्याटर भीम सार्की ६-६ रनमा आउट भएका थिए ।
त्यसपछि तेस्रो विकेटका लागि हरि चौहान र रोहित पौडेलले ९५ रनको साझेदारी गर्दै एक समय सहज जित नजिक पुर्याएका थिए । तर त्यसपछि नाटकीय विकेट पतन भयो ।
एपिएफका अमरसिंह राउटेलाले ५.१ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । कमलसिंह ऐरीले १० ओभरमा १ मेडनसहित ५६ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफ ४७.४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । एपिएफको लागि प्रदीप ऐरीले ८० बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए ।
प्रदीपले ब्यक्तिगत ३४ रनमा जीवनदान पाएका थिए । स्पिनर शाहब आलमको १५ औं ओभरको पाँचौं बलमा लङअनमा विक्रम सोबले ३४ रनमा क्याच छाडेका थिए । प्रदीप २७ औं ओभरको चौथो बलमा कभरमा चौका हान्नेक्रममा भीम सार्कीबाट क्याच आउट भए ।
सन्दीप जोरा ६२ बलमा ६ चौकासहित ५० रनमा आउट भए । आसिफ शेख ९, लोकेश बम शून्य र सुमित महर्जन ७ रनमा आउट भए । तीव्र गतिका बलर विक्रम सोबले छैटौं ओभरको पहिलो र दोस्रो बलमा लोकेश र आसिफलाई आउट गरेका थिए ।
त्यसपछि आएका भुवन कार्कीले ३६ बलमा ४ चौकासहित २६ रनमा आउट भए । शरद भेषवाकर १६, अमरसिंह राउटेला १०, कमलसिंह ऐरी ३ र मौसम ढकालले १२ रन बनाए । मौसमले ६ बलमा १ चौका र १ छक्का हाने ।
आर्मीका विक्रम सोबले ७।४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । साहब आलमले १० ओभरमा १ मेडनसहित ५५ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा ३० रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखिया र सुशान भारीले एक एक रनमा आउट भए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]