default_image

2 years ago

October 28, 2022

आइसिसीसँग नेपाली टोली पराजित

224 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू-१९ महिला टोलीले तेस्रो टि२० खेलमा नेपाली टोली सम्मिलित क्यान मिक्स्ड ११ लाई ३१ रनले पराजित भएको छ । योसँगै आइसिसी यू१९ टोलीले नेपालमा तीन खेल २ मा जित र १ मा हार सहित सकाएको छ ।

जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको मिक्स्ड-११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । मिक्स्ड ११ को लागि सरिता मगरले २८ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाइन् । ओपनर अस्मिता खरेलले २२ बलमा ३ चौकासहित २१, कन्चन श्रेष्ठ ४ र डली भट्ट १ रनमा आउट भए ।

राजमती ऐरी २१ बलमा २ चौकासहित २५ र विन्दा कटुवाल १२ बलमा २ चौकासहित १६ रन बनाइन् । कप्तान अप्सरी बेगमले २३ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाइन् । आइसिसी यू१९ महिला टोलीको लागि वैष्णवी महेशले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आइसिसी यू१९ टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो । आइसिसीको लागि ओपनर साची धडवालले ३७ बलमा ७ चौकासहित सर्वाधिक ४५ रन बनाइन् ।

सुरुवाती दुई खेलमा अवसर नपाएकी आश्मा पुलामी मगरलाई आइसिसीले आज ओपनरको रुपमा मैदान उतारेको थियो । आश्माले १८ बलमा ३ चौकासहित १६ रन बनाइन् । पहिलो विकेटका लागि साचीसँग ५।२ ओभरमा ३६ रनको साझेदारी गरेकी थिइन् ।

एलिना खान ३२ बलमा ७ चौकासहित ४१ रनमा आउट भइन् । सृष्टी जैशी ११ बलमा २ चौकासहित १४ रनमा आउट भइन् । तीर्थ सतिश २१ बलमा ६ चौकासहित ३७ रनमा अविजित रहिन् ।

क्यान मिक्स्ड ११ को लागि कप्तान अप्सरी बेगमले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । संगिता राई र खुशी डंगोलले एक एक विकेट लिए।

आइसिसीले यू-१९ एसिया विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न देशका १३ खेलाडी समेटेर टोली बनाएको छ । नेपालको कप्तान कृतिका मरासिनी, सृष्टी जैशी र आश्मा पुलामी मगर छन् ।

आइसिसी पहिलो खेलमा मेरिलेबोन क्रिकेट क्लबसँग १६ रनले पराजित भएको थियो । दोस्रो खेलमा टियुमा मिक्स्ड ११ लाई १० विकेटले हराएको थियो ।

रुविनाको चार बलमा चार विकेटसँगै नेपाली टोली विजयी

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.