2 years ago
October 28, 2022
एजेन्सी – आइसिसी टि२० विश्वकपमा उपाधिका प्रमुख दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको खेल वर्षाको कारण रद्ध भएको छ । लगातार वर्षाको कारण खेल हुन नसकेपछि दुबै टोलीले अंक बाँडेका छन् ।
खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनुपर्ने थियो । तर वर्षाको कारण हुन सकेन । जारी विश्वकपमा वर्षाको कारण रद्ध भएको चौथो खेल हो । आजकै पहिलो खेलमा आयरल्यान्ड र अफगानिस्तानले पनि वर्षाको कारण अंक बाँडेका थिए ।
सुपर १२ को समूह बी को खेलमा दक्षिण अफ्रिका र जिम्बावेले पनि वर्षाको कारण अंक बाँड्नु परेको थियो । न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेल पनि रद्ध भएको थियो ।
इंग्ल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो । तर वर्षाको कारण इंग्ल्यान्ड आयरल्यान्डसँग डकवर्थ लेविस पद्धतिको आधारमा ५ रनले स्तब्ध भएको थियो । त्यस्तै अष्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनले पराजित भएको थियो । श्रीलंकालाई ७ विकेटले हराएको थियो । दुबै टोलीले अव दुई दुई खेल खेल्न बाँकी छ । जुन खेल जित्दा ७–७ अंक हुनेछ ।
नेटरनरेटमा निर्भर रहनेछ । इंग्ल्यान्डले अव मंगलबार न्युजिल्यान्ड र शनिबार श्रीलंकासँग खेल्नेछ । यी दुबै खेलमा फराकिलो अन्तरले जित हात पार्नुपर्छ । अष्ट्रेलियाले सोमबार आयरल्यान्ड र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । अष्ट्रेलियाको नेटरनेट माइनसमा हुँदा झन फराकिलो जित आवश्यक पर्दछ ।
अंक तालिका
सुपर १२ को समूह ए मा न्युजिल्यान्ड २ खेलमा १ मा जितसहित ३ अंकका साथ शीर्ष स्थानमा छ । इंग्ल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेल रद्ध हुँदा ३ अंकका साथ दोस्रो स्थानमा छ । आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ ।
अष्ट्रेलिया ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित पाँचौं स्थानमा छ । अफगानिस्तान ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै पुछारमा छ ।
सुपर १२ को समूह बी मा भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंकका साथ दोस्रो स्थानमा छ । जिम्बावे २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । पाकिस्तान र नेदरल्यान्ड्स अंक विहीन हुँदै पुछारमा छन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा विकेट गुमाएर रनको योगफल तयार गर्यो । नेपालका लागि पुजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । करियरको दोस्रो अर्धशतक पुजाले ४३ बलमा पूरा […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]