2 years ago
October 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेले ह्याट्रिकसहित लगातार चार विकेट लिएपछि नेपाली महिला क्रिकेट सम्मिलित क्यान ११ ले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई १९ रनले पराजित गरेको छ ।
पोखरा रंगशालामा जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको एमसिसी १९.५ ओभरमा ८० रनमा अल आउट भयो । एमसिसीको लागि एलिसा हुबर्ड २८ बलमा २ चौकासहित सर्वाधिक २० रनमा अविजित रहिन् ।
अबी व्हाइब्रोले ३४ बलमा २ चौकासहित १९, जेनी किल्जिंगर १४ र अमान्दा पोटटिगरले १४ रन बनाइन् । रुविनाले २० औं ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौं बलमा लगातार चार विकेट लिएकी थिइन् । उनले अमान्दा, रवी रावल, सारा क्रे र ईशाबेल गुर्नेलाई बोल्ड गरेकी थिइन् । चारै खेलाडी बोल्ड भएका थिए ।
रुविनाले २.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर २ विकेट लिइन् । नेरी थापाले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । सीता रानामगरले एक विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको क्यान–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रन बनायो । नेरी थापाले ३१ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाइन् । सुमन खतिवडा १७ बलमा २ चौकासहित १६ र कविता कुँवरले ११ बलमा २ चौकासहित १७ रन जोडिन् ।
ओपनर काजल श्रेष्ठ २, सीता रानामगर १०, सम्झना खड्का १७ र रुविना एक रनमा आउट भइन् । एमसिसीको लागि राहेल पोटरले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिइन् । रवी रावल र अमान्डाले दुई दुई विकेट लिए ।
एमसिसी पहिलो खेलमा नेपालको मिक्स्ड ११ सँग १ सय ७ रनले पराजित भएको थियो । दोस्रो खेलमा एमसिसीले आइसिसी यू१९ टोलीलाई १६ रनले हराएको थियो । आइतबार एमसिसीले मिक्स्ड ११ र मंगलबार क्यान ११ सँग खेल्नेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]