default_image

3 years ago

October 28, 2022

अनिललाई समेट्दै मधेशको टोली घोषणा, विवेक फर्किए

435 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले विकेटकिपर अनिल कुमार शाहलाई समेट्दै प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।

नेपाली टोलीबाट खेलि सकेका अनिलले २०१९ मा एपिएफ छाडेर पुलिस गएका थिए । पुलिसमा पर्याप्त अवसर नपाएपछि अनिल प्रदेश फर्किने निर्णय लिएका हुन् ।

ओपनर हरिशंकर शाहको कप्तानीमा अनिल, विवेक यादव र आदिल आलाम जस्ता खेलाडी समेट्दै मधेशले टोली घोषणा गरेको हो । घोषणा टोलीमा पूर्व कप्तान हासिम अन्सारी भने छैनन् । त्यस्तै स्पिनर कुमार थापा पनि टोलीमा पर्न सकेनन् ।
त्यस्तै युवा अलरान्डर विवेक यादव टोलीमा फर्किएका छन् । विवेक चोटका कारण नवौं राष्ट्रिय खेलकुद गुमाएका थिए ।

प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ गते सम्म काठमाडौंमा हुँदैछ । मधेश समूह बी मा छ । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ छन् । समूह ए मा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम र कर्णाली प्रदेश छन् ।

मधेशले पहिलो खेल भने कार्तिक १७ मा प्रदेश १ सँग मुलपानीमा खेल्दै सुरुवात गर्नेछ । कार्तिक १९ मा मुलपानी मै लुम्बिनीसँग खेल्नेछ । टियुमा कार्तिक २१ मा बागमती र कार्तिक २२ मा पुलिसँग खेल्नेछ । छट पर्वको कारण मधेशको तालिका केहि पछि पारिएको छ ।

मधेशको टोली :

हरि शंकर शाह (कप्तान), विवेक यादव, सन्तोष कार्की, अनिल कुमार शाह (विकेटकिपर), रतन रौनक, डब्लू मलिक, ईमरान शेख, रोहन विक, विशाल पटेल, रुपेश सिंह, राजेश यादव, मोहम्मद आदिल आलम, विशाल शुश्लिङ र प्रदीप पासवान ।

वैकल्पिक – राकेश कामत, अभिषेक तिवारी, अजय यादव र साम्सद अन्सारी ।

प्रशिक्षक : सुनिल शाह

व्यवस्थापक – अनवार अली

मेन्टर – मेहबुब आलम ।

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

May 14, 2025

क्यान अध्यक्ष चन्दले षड्यन्त्र गरेको लुम्बिनी क्रिकेटका अध्यक्ष गुरुङको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् । गुरुङले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै चन्दले आफू विरुद्ध उत्रन प्रदेश क्रिकेट संघका सदस्यहरुलाई हस्ताक्षर संकलन गरेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले प्रदेशको आन्तरिक […]

May 14, 2025

सन्दीपले क्यानको केन्द्रिय सम्झौता नलिने, क्यानले छलफलपछि निर्णय गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सम्झौता हस्ताक्षर नगर्ने भएका छन् । सामाजिक संजाल फेसबुकमार्फत सन्दीपले केन्द्रिय सम्झौतालाई निरन्तरता नदिने निर्णय घोषणा गरेका हुन् । उनले क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको बताएका छन् । उनले […]

Success

Thank you for your time.