2 years ago
October 27, 2022
एजेन्सी – राइली रोसोउको शतक र एनरिच नोर्किया उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकपमा बंगलादेशमाथि १ सय ४ रनको सानदार जित हात पारेको छ । योसँगै सुपर १२ को समूह बी मा दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ ।
जितको लागि २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश १६.३ ओभरमा १ सय १ रनमा अल आउट भयो । बंगलादेशका ओपनर लिटन दासले ३१ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । बंगलादेशले सुरुवाती दुई ओभरमा राम्रो सुरुवात गरेको थियो ।
तेस्रो ओभरको पहिलो बलमै एनरिच नोर्कियाले सौम्य सरकारलाई क्विन्टन डि ककबाट १५ रनमा क्याच गराए । ६ बल खेलेका सरकारले २ छक्का हाने । तीन बलपछि नाज्मुल हसन शान्टोलाई ९ रनमा बोल्ड गरे । नोर्कियाले सकिब अल हसनलाई एक एक रनमा एलबीडब्लू आउट गर्दै फराकिलो जिततर्फ अघि बढाए ।
कागिसो रबाडाले अफिफ हुसैनलाई एक रनमा आउट गरे । मेहदी हसन मिराज ११, मोसाद्देक हसन शून्य, नुरुल हसन २ र हसन मोहम्मद शून्यमा आउट भए । तस्किन अहमद १० र मुश्ताफिजुर रहमानले ९ रन बनाए ।
दक्षिण अफ्रिका एनरिच नोर्कियाले ३.३ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । स्पिनर तबरेज शाम्सीले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडा र केशव महाराजले एक एक विकेट लिए ।
त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो ।
दक्षिण अफ्रिकका लागि राइली रोसोउले ५६ बलमा ७ चौका र ८ छक्कासहित १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । उनले ५२ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो शतक हाने ।
उनी दक्षिण अफ्रिकाबाट टि२० आई विश्वकपमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । उनको यो लगातार दोस्रो शतक समेत हो । यसअघि भारतविरुद्ध गत अक्टोबरमा १ सय रनको शतकीय इनिङ खेलेका थिए ।
ओपनर तथा विकेटकिपर क्विन्टन डि कक ३८ बलमा ७ चौका र ३ छक्कासहित ६३ रनमा आउट भए । दोस्रो विकेटका लागि डि कक र रोसोउले १ सय ६३ रनको साझेदारी गरे । विश्वकप इतिहासमा यो दोस्रो उच्च साझेदारी हो । यसअघि टि२० विश्वकपमा २०१० मा श्रीलंकाका कुमार संगाकारा र महेला जयवर्धनेले वेस्टइन्डिजविरुद्ध दोस्रो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए ।
तीव्र गतिका बलर तस्किन अहमदको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्बा बभुमा २ रनमा क्याच आउट भए । अफिफ हुसैनको १५ औं ओभरको तेस्रो बलमा ठूलो सटको चक्करमा डि कक लङअफमा सौम्य सरकारबाट क्याच आउट भए । डि कक आउट भएपछि रनको गती घटेको थियो ।
ट्रिस्टन स्टब्स सकिब अल हसनको बलमा ठूलो सटको चक्करमा डिप मिडविकेटमा ७ रनमा क्याच आउट भए । शतकधारी रोसोउ सकिबको १९ औं ओभरको तेस्रो बलमा कभरमा लिटन दासबाट क्याच आउट भए । एडेन माक्ररम १० र डेविड मिलरले २ रन बनाए ।
बंगलादेशका स्पिनर सकिब अल हसनले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । तस्किन अहमद, हसन मोहम्मद र अफिफ हुसैनले एक एक विकेट लिए ।
अंक तालिका :
सुपर १२ को समूह ए मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारका साथ २-२ अंक जोडेका छन् ।
नेटरनरेटको कारण श्रीलंका दोस्रो, इंग्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । अफगानिस्तान २ खेलमा १ अंकका साथ पुछारमा छ ।
दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंकका साथ सुपर १२ को समूह बी मा शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले पहिलो खेलमा जिम्बावेसँग वर्षाको कारण अंक बाँडेको थियो । दक्षिण अफ्रिकाले अव आइतबार भारतसँग खेल्नेछ । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न उक्त खेलमा जित्नुपर्ने दबाब हुनेछ ।
भारत भने १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हार र १ मा जित सहित तेस्रो स्थानमा छ । जिम्बावे एक अंकका साथ चौथो, पाकिस्तान र नेदरल्यान्ड्स अंक विहीन हुँदै पुछारमा छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]