default_image

2 years ago

October 26, 2022

विवेक र दुर्गेशलाई समेट्दै ज्ञानेन्द्रको कप्तानीमा बागमतीको टोली घोषणा

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । युवा ब्याटर विवेक थापा मगर र दुर्गेश थापा पहिलो पटक बागमतीको सिनियर टोलीमा परेका छन् ।

विवेकले बागमतीको यू-१९ र नेपालको यू-१९ टोलीबाट खेलि सकेका छन् । विवेकले गत डिसेम्बरमा यू१९ एसिया कपमा नेपालबाट खेल्दै कुवेतविरुद्ध अर्धशतक प्रहार गरेका थिए । विकेटकिपर दुर्गेश थापा पनि पहिलो पटक टोलीमा परेका छन् । दुर्गेश र विवेक दुबैले ललितपुरबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् ।

स्पिनर सोनु देवकोटा पनि बागमतीको टोलीमा फर्किएका छन् । उनले २०२० को काठमाडौं मेयर्स कप खेलेका थिए । बागमतीको टोलीमा ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी, पृथु बाँस्कोटा, नन्दन यादव र रित गौतम लगायतका स्टार खेलाडी छन् ।
प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ सम्म काठमाडौंमा हुनेछ ।

बागमती समूह बी मा छ । बागमती, नेपाल पुलिस क्लब, लुम्बिनी, प्रदेश १ र मधेश प्रदेश समूह बी मा छन् । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।

बागमतीले पहिलो खेलमा कार्तिक १३ मा मुलपानीमा पुलिससँग खेल्दै सुरुवात गर्नेछ । बागमतीले कार्तिक १५ मा प्रदेश १ सँग टियु, कार्तिक १६ मा मुलपानीमा लुम्बिनी र कार्तिक २१ मा मधेश प्रदेशसँग टियुमा खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ ।

बागमतीको टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बाँस्कोटा, रित गौतम, विवेक रानामगर, दुर्गेश थापा (विकेटकिपर), आशुतोष घोईरोइया, ईशान पाण्डे, नन्दन यादव, रामनरेश गिरी, प्रतिश जि.सी., रिजन ढकाल, सूर्य तामाङ, तिलकराज भण्डारी र सोनु सोनु देवकोटा ।

वैकल्पिक खेलाडी – गौरव खड्का, गौतम केसी, अशोक पौडेल र रामाशिष महतो ।

टिम प्रशिक्षक – स्यामसन जंग थापा

टिम व्यवस्थापक – सुजन महर्जन

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.