default_image

2 years ago

October 26, 2022

स्टोइनिसको कीर्तिमानी ब्याटिङ

212 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले आइसिसी टि२० विश्वकपमा श्रीलंकाविरुद्ध १७ बलमै अर्धशतक हान्दै कीर्तिमान बनाएका छन् । स्टोइनिस अष्ट्रेलियाबाट सर्वाधिक छिटो टि२० आईमा अर्धशतक हान्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

यसअघि अष्ट्रेलियाबाट डेविड वार्नरले २०१० मा वेस्टइन्डिज, ग्लेन म्याक्सवेलले २०१४ मा पाकिस्तान र २०१६ मा श्रीलंकाविरुद्ध समान १८ बलमा अर्धशतक हानेका थिए । क्यामरन ग्रीनले एक महिनाअघि भारतविरुद्ध १९ बलमा अर्धशतक हानेका थिए ।

टि२० विश्वकप इतिहासमा भने दोस्रो संयुक्त रुपमा छिटो अर्धशतक पर्दछ । टि२० विश्वपमा सर्वाधिक छिटो १२ बलमै भारतका युवराज सिंहले २००७ मा इंग्ल्यान्डविरुद्ध अर्धशतक हानेका थिए । जुन खेलमा ६ छक्का सामेल थियो । जुन कीर्तिमान सर्वाधिक छिटो कुनैपनि शैलीको अन्तर्राष्ट्रिय क्रिकेटको अर्धशतक हो ।

त्यसपछि स्टोइनिस र नेदरल्यान्ड्का स्टेफन माइबर्गले समान १७ बलमा अर्धशतक हानेका छन् । स्टेफनले आयरल्यान्डविरुद्ध हानेका थिए । ग्लेन म्याक्सवेल, लोकेश राहुल र शोएब मलिकले समान १८ बलमा अर्धशतक हानेका छन् ।

स्टोइनिसको उत्कृष्ट ब्याटिङमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले पहिलो जित हात पारेको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।

अष्ट्रेलियाको जितमा मार्कस स्टोइनिसले १८ बलमा ४ चौका र ६ छक्कासहित ५८ रनको विष्फोटक अविजित इनिङ खेले । कप्तान आरोन फिन्च ४२ बलमा १ छक्कासहित ३१ रनमा अविजित रहे ।

अष्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनले पराजित भएको थियो । श्सुपर १२ को समूह ए मा रहेको अष्ट्रेलियाले तेस्रो खेलमा शुक्रबार इंग्ल्यान्डसँग खेल्नेछ । सेमिफाइनल खेल्न उक्त खेल अष्ट्रेलियालाई जित्नै पर्ने हुन्छ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.