2 years ago
October 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भ्रमणमा रहेको विश्वप्रसिद्ध मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) को महिला टोलीलाई नेपालको मिक्स्ड एघार महिला टोलीले पराजित गरेको छ ।
सोमबार मुलपानी क्रिकेट मैदानमा नेपाली टोलीले १ सय ७ रनको फराकिलो जित दर्ता गरेको हो । टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मेरीलेबोनले २ सय १४ रनको लक्ष्य पाएको थियो । नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै २ सय १३ रन जोड्यो । नेपाली टोलीका लागि ओपनरद्वय काजोल श्रेष्ठ र कन्चन श्रेष्ठले अर्धशतक जोडेका थिए ।
प्लेयर अफ द म्याच समेत घोषित काजोलले ५४ बलमा ५३ रनको योगदान दिइन् । उनले १० चौका प्रहार गरिन् । उनी आउट हुँदा नेपालले १७ औं ओभरमा ७५ रन जोडिसकेको थियो । कन्चनले ९९ बलमा ६ चौकासहित ५५ रन जोडिन् । अप्सरी बेहम २, रुविना क्षेत्री १४ र कविता जोशी ६ रनमा पेभेलियन फर्किए ।
सम्झना खड्काले २२ बलमा २ चौकासहित २५ रन जोडिन् । कविता कुँवरले अन्त्यतिर आक्रामक ब्याटिङ गर्ने क्रममा १९ बलमा ५ चौकासहित २७ रनको योगदान दिइन् । अश्मिना कर्मचार्य ७ र संगीता राई २ रन जोड्दा सोनी पाख्रिन ३ र इश्वरी विष्ट १ रनमा नटआउट रहे । एमसीसीकी सबा नसिमले २ तथा रेचल पोटर, एलिसा हबार्ड, इसाबेल गर्नी र सराह क्रेले १-१ विकेट लिए ।
जवाफमा एमसीसीले ३२ औं ओभरमा अलआउट हुनुअघि १ सय ६ रनमात्र जोड्न सक्यो । नेपाली टोलीका लागि कप्तान रुविनाले ३ विकेट लिइन् । ओपनर मिया रोजर्स पहिलो ओभरको तेस्रो बलमा आउट भइन् । उनलाई कविता कुँवरले खाता खोल्न नदिई बोल्ड गरिन् । एलिसा हबार्डले १४, सबा नसिमले २१ तथा जेनी कितजिंगरले १७ रन जोड्दै मध्यक्रममा औसत प्रदर्शन गरे ।
तर तल्लोक्रममा लगातार विकेट खस्दा एमसीसी हार्न पुगेको थियो । जोलेन फोस्टरले १५ रन जोड्दा निकी चौधरी पहिलो बलमा नै सोनी पाख्रिनको शिकार बनिन् । सराह क्रे (१), इसाबेल गर्नी )७), रेचल पोटर (२) र राइ रावल (४*) ले टोलीलाई सम्हाल्न सकेनन् ।
एमसीसीले अब मंगलबार टीयु क्रिकेट मैदानमा आइसीसी यू-१९ टोलीको सामना गर्नेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]