default_image

2 years ago

October 24, 2022

वर्षाका कारण दक्षिण अफ्रिका जितबाट बन्चित

239 views

0 Bookmark

एजेन्सी – आइसीसी टि२० विश्वकपको सुपर १२ चरण अन्तर्गत दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल वर्षाका कारण रद्द भएको छ । दक्षिण अफ्रिका जितनजिक पुगेको अवस्थामा वर्षा बाधक बन्दा दुवै टोली अंक बाँड्न बाध्य भएका हुन् ।

खेल सुरु नहुँदै वर्षाका कारण ९ अ‍ोभरमा घटाइएको खेलमा जिम्बावेले दक्षिण अफ्रिकासामु ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो । दक्षिण अफ्रिकाका लागि पहिलो ओभरमै क्विन्टन डीककले २३ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाए । तर दोस्रो ओभरको पहिलो बलमा नै वर्षा भएपछि खेल केहि समय रोकियो । त्यसपछि दक्षिण अफ्रिकाले जितका लागि ७ ओभरमा ६४ रन जोड्नुपर्ने समिकरण रहेको थियो ।

डीककले दोस्रो ओभरमा पनि ४ चौका प्रहार गर्दै १७ रन जोडे । तेस्रो ओभरमा दक्षिण अफ्रिकाले ११ रन जोड्यो । तर चौथो ओभर सुरु हुनुअघि पुन: वर्षा सुरु भएपछि अम्पायरले खेल रोकेका थिए । ३ ओभरमा विना विकेट ५१ रन जोडेको दक्षिण अफ्रिकाले जित हासिल गर्न कम्तिमा ५ ओभरको खेल हुनुपर्ने थियो । तर चौथो ओभर सुरु हुनुअघि नै भारी वर्षा हुँदा अम्पायरले खेल रोके । डी कक १८ बलमा ८ चौका र १ छक्कासहित ४७ रनमा नटआउट रहे । कप्तान टेम्बा बभुमाले २ बलमा २ रन जोडे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको जिम्बावेले ५ विकेट गुमाउँदै ७९ रन जोड्यो । एक समय १९-४ को स्थितिमा पुगेको जिम्बावेलाई वेस्ली मधाभेरको आक्रामक इनिङले उकासेको थियो । मधाभेरले १८ बलमा नटआउट ३५ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

पहिलो अ‍ोभरमा मात्र ४ रन जोडेको जिम्बावेले दोस्रो अ‍ोभरमा दुई रन जोड्दै क्रेग अर्भाइनलाई गुमायो । वायन पार्नेलले अन्तिम बलमा उनलाई क्याच आउट गराए । तेस्रो अ‍ोभरमा लुंगी एनगिडीले दुई विकेट लिएपछि जिम्बावे थप समस्यामा पर्यो । उनले दोस्रो बलमा रेगिस चकाबा र चौथो बलमा सिकन्दर राजालाई कट बिहाइन्ड गराए ।

चौथो ओभरमा सन् विलियम्स रनआउट भएपछि जिम्बावेले कमजोर योगफल खडा गर्ने डर बढेको थियो । तर पाँचौ विकेटका लागि वेस्ली मधाभेर र मिल्टन शुम्बाले ६० रनको साझेदारी गर्दै मध्यम योगफलसम्म पुर्याए । अन्तिम बलमा कट बिहाइन्ड हुनुअघि शुम्बाले २० बलमा २ चौकासहित १५ रन जोडे ।

दुवै टोलीले पहिलो खेलबाट १-१ अंक बाँडेका छन् । यस समूहमा भारत र बंगलादेशको २-२ अंक छ । नेदरल्यान्ड्स र पाकिस्तान अंकविहिन छन् । शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

यो पनि : विश्वकपमा बंगलादेशको विजयी सुरुवात

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.