default_image

2 years ago

October 24, 2022

दक्षिण अफ्रिकालाई जिम्बावेको मध्यम लक्ष्य

184 views

0 Bookmark

एजेन्सी – आइसीसी टि२० विश्वकपको सुपर १२ चरण अन्तर्गत समूह २ को खेलमा जिम्बावेले दक्षिण अफ्रिकालाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

वर्षाका कारण ९ अ‍ोभरमा घटाइएको खेलमा जिम्बावेले दक्षिण अफ्रिकासामु ८० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको जिम्बावेले ५ विकेट गुमाउँदै ७९ रन जोड्यो । एक समय १९-४ को स्थितिमा पुगेको जिम्बावेलाई वेस्ली मधाभेरको आक्रामक इनिङले उकासेको थियो । मधाभेरले १८ बलमा नटआउट ३५ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

पहिलो अ‍ोभरमा मात्र ४ रन जोडेको जिम्बावेले दोस्रो अ‍ोभरमा दुई रन जोड्दै क्रेग अर्भाइनलाई गुमायो । वायन पार्नेलले अन्तिम बलमा उनलाई क्याच आउट गराए । तेस्रो अ‍ोभरमा लुंगी एनगिडीले दुई विकेट लिएपछि जिम्बावे थप समस्यामा पर्यो । उनले दोस्रो बलमा रेगिस चकाबा र चौथो बलमा सिकन्दर राजालाई कट बिहाइन्ड गराए ।

चौथो ओभरमा सन् विलियम्स रनआउट भएपछि जिम्बावेले कमजोर योगफल खडा गर्ने डर बढेको थियो । तर पाँचौ विकेटका लागि वेस्ली मधाभेर र मिल्टन शुम्बाले ६० रनको साझेदारी गर्दै मध्यम योगफलसम्म पुर्याए । अन्तिम बलमा कट बिहाइन्ड हुनुअघि शुम्बाले २० बलमा २ चौकासहित १५ रन जोडे ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.