2 years ago
October 24, 2022
एजेन्सी – बंगलादेशले आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्सलाई ९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ४५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २० ओभरमा १ सय ३५ रनमा अल आउट भयो ।
नेदरल्यान्ड्सका कोलिन एकरम्यानले ४८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६२ रन बनाए । कप्तान स्कट एडर्वाड्सले २४ बलमा १ चौकासहित १६ रन बनाए । पाउल भान मार्किनले १४ बलमा ३ चौका र १ छक्कासहित २४ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बंगलादेशका तस्किन अहमदले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । हसन मोहम्मदले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि होबार्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमउँदै १ सय ४४ रन बनायो । बंगलादेशका युवा ब्याटर मध्यक्रमका ब्याटर अफिफ हुसैनले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए ।
ओपनर सौम्य सरकार र नाज्मुल हसन शान्टोले पहिलो विकेटका लागि ५.१ ओभरमा ४३ रनको साझेदारी गरेका थिए । शान्टो २० बलमा ४ चौकासहित २५ रनमा आउट भए । त्यसपछि भने अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
सरकारले १४ बलमा २ चौकासहित १४ रनमा आउट भए । लिटन दास ९, सकिब अल हसन ७, यासिर अली ३, नुरुल हसन १३ रनमा आउट भए । मोसाद्देक हसनैन १२ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए ।
नेदरल्यान्ड्का पाउल भान मार्केनले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । बास डि लिडेले ३ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । फर्द क्लासेन, टिम प्रिंग्लेल, शरिज अहमद र लोगन भान बीकले एक एक विकेट लिए ।
आजको दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बावेबीच हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सुरु हुनेछ । बंगलादेशले बिहीबार दक्षिण अफ्रिकासँग खेल्नेछ । नेदरल्यान्ड्सले विहीबार भारतसँग खेल्नेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]