2 years ago
October 23, 2022
एजेन्सी – पाकिस्तान आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा भारतसँग चार विकेटले पराजित भएको छ । एक समय हार नजिक पुगेको भारतले विराट कोहलीको ब्याटिङमा सानदार पुनरागमनका साथ अविश्वसनीय जित हात पारेको हो ।
जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि विराट कोहलीले ५३ बलमा ६ चौका र ४ छक्कासहित ८२ रनमा अविजित रहँदै रोमान्चक दिलाए ।
हार्दिक पान्ड्याले ३७ बलमा १ चौका र २ छक्कासहित ४० रनको योगदान दिए । एक समय ३१–४ को दयनीय अवस्थामा पुगेको भारतलाई विराट कोहली र हार्दिक पान्ड्या नायक बनेका थिए ।
त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । पाकिस्तानको लागि शन मसुद ४२ बलमा ५ चौका सर्वाधिक ५२ रनमा अविजित रहे । इफ्तिखार अहमद ३४ बलमा २ चौका र ४ छक्कासहित ५१ रनमा आउट भए ।
खराब सुरुवात गरेपनि तेस्रो विकेटका लागि अहमद र मसुदले ५० बलमा ७६ रनको साझेदारी गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए ।
ब्याटिङमा औसत प्रदर्शन गरेपनि पाकिस्तानले बलिङमा सानदार सुरुवात गरेको थियो । सुरुवाती ११ ओभरमा पाकिस्तानको जितको सम्भावना ९३ प्रतिशत थियो । तर जितको मुखबाट हार्न पुग्यो । पाकिस्तानले भारतसँग हार्नुको प्रमुख पाँच कारण यस प्रकार छन् ।
५. खराब ब्याटिङ
मसुद र इफ्तिखार बाहेक अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन । बाबर डक र रिजवान चार रनमा आउट भएपछि भारतलाई मसुद र इफ्तिखारले खेलमा फर्काएका थिए । तर यी दुई खेलाडीपछि अन्य ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । इफ्तिखर आक्रामक इनिङ धेरै समय टिकेन । शन मसुद अन्तिम सम्म खेल्दै ४२ बलमा ५ चौकासहित ५२ रनमा अविजित रहे ।
यी दुई ब्याटरले तेस्रो विकेटका लागि ५० बलमा ७६ रनको साझेदारी गरेपछि पाकिस्तानले थप राम्रो योगफल बनाउन सक्थ्यो । इफ्तिखार आउट हुनुअघि पाकिस्तान १२.२ ओभरमा ९१–२ को अवस्थामा थियो । यो अवस्थाबाट पाकिस्तानले १ सय ८० रनमाथि कटाउन सक्थ्यो । ठूलो योगफलको दबाब नै फरक हुने गर्दछ । पाकिस्तानले अन्तिम ४८ बलमा ६ विकेट गुमाउँदै ६८ रन बनाएको थियो ।
प्रमुख हिटर आसिफ अली, हदैर अली, मोहम्मद नवाज र शादब खान दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा २०-२५ रन कममा सिमित भएको थियो । जुन हारको कारण बन्यो ।
४. बाबर र रिजवान नचल्नु
पाकिस्तानको टोली बाबर र रिजवानमा बढी निर्भर छ । यी दुई ब्याटर सस्तैमा आउट हुँदा जित्ने सम्भावना कम हुन्छ । अर्शदीप सिंहले बाबरलाई गोल्डेन डक र रिजवानलाई चार रनमा आउट गरेपछि पाकिस्तानलाई दबाबमा राखेको थियो ।
प्रमुख ब्याटर नै सुरुवातमा आउट भएपछि पाकिस्तानले ठूलो योगफल बनाउने अवसर गुमाएको थियो । मानसिक दबाब थप बढ्न पुग्यो ।
३. डेथ ओभरमा कमजोर बलिङ
पाकिस्तानको हारको अर्को कारण डेथ ओभर बलिङ हो । भारतलाई अन्तिम ३० बलमा ६० रन चाहिएको थियो । डेथ ओभरमा राम्रो गर्दा पाकिस्तान सहजै जित्न सक्थ्यो । १६ औं ओभरमा हरिस रौफले ६ रन मात्र खर्चेपछि २४ बलमा ५४ रन चाहिएको थियो । त्यो अवस्थाबाट भारतले सानदार प्रदर्शन गर्यो ।
अन्तिम चार ओभर शाहिन शाह अफ्रिदी, हरिस रौफ, नसिम शाह र मोहम्मद नवाजले गरेपनि कुनैपनि बलरले राम्रो गर्न सकेनन् । एक बलरले १-२ विकेट लिँदा सहजै जित निकाल्न सक्थ्यो । किनभने क्रिजमा कोहली र हार्दिक टिकेका थिए ।
यी दुई पछि कार्तिक र आश्विन आउनु पर्ने थियो । नयाँ ब्याटरलाई खेल्न कठिन पर्छ । डेथ ओभरअघि भने पाकिस्तानले उत्कृष्ट बलिङ गरेको थियो । तर अन्तिम चार ओभरमा राम्रो गर्न नसक्नु हारको कारण हो ।
२. अन्तिम ओभर नवाजलाई दिनु
पाकिस्तानका कप्तान बाबर आजम बलर प्रयोगमा चुक्न पुगे । १२ औं ओभरमा मोहम्मद नवाजले तीन छक्कासहित कुल २० रन खर्चेका थिए । त्यो समय तीव्र गतिका बलरको कोटाबाट दुई ओभर स्पिन गराउनु पर्ने थियो । १४ औं ओभरमा शादब खानले ७ रन मात्र खर्चे । तर बाबरले नवाजलाई बलिङमा ल्याएनन् ।
विकेट झार्ने सुरमा तीव्र गतिका बलरको सबै कोटा सकाए । अन्तिम ओभर स्पिनरबाट गराउनु पर्यो । यो गणना भारतीय ब्याटरले राम्रोसँग गरेका थिए । खेलपछि विराट कोहलीले पनि यो कुरा भनेका छन् । क्रिजमा विराट कोहली र हार्दिक जस्ता ब्याटर हुँदा कुनैपनि स्पिनरलाई बलिङ गर्न कठिन पर्छ ।
त्यसै पनि भारत र पाकिस्तानको खेलमा दबाब बढी हुन्छ । त्यो दबाबमा नवाज सम्हालिन सकेनन् । टि२० क्रिकेटमा डेथ ओभरमा स्पिनरलाई बलिङ गराउनु आफैंमा ठूलो जोखिम हो । जसको कारण ब्याटरहरुको मनोबल पनि उच्च भयो । यो पाकिस्तानको हारको एक कारण हो ।
१. कोहली र हार्दिकको साझेदारी
पाकिस्तानको हारको मुख्य कारण नै कोहली र हार्दिक पान्ड्याबीचको शतकीय साझेदारी हो । एक समय भारत ६.१ ओभरमा ३१-४ को अवस्थाबाट १ सय ६० रन बनाउन निकै मुश्किल पर्छ । किनभने एक दुई विकेट अरु गुम्दा जित समाप्त बन्ने हुन्छ । तर ६.१ बाट १९.१ ओभर सम्म कुनैपनि बलरले विकेट लिन सकेनन् । जुन हारको कारण हो ।
कोहली र हार्दिकले ७८ बलमा १ सय १३ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । यहि साझेदारीको कारण भारतले अन्तिम १८ बलमा ४८ रन बनायो । कोहलीले हरिस रौफलाई १९ औं ओभरमा दुई छक्का हाने । यी दुई ब्याटर आउँदा कार्तिक, आश्विन मात्रै हुँदा पाकिस्तानले सहजै जित निकाल्न सक्थ्यो ।
भारतसँग तल्लोक्रमसम्म विश्वस्तरिय ब्याटर छन् । जसले क्रिजमा टिक्दा एक्लै खेल जिताउन सक्छन् । क्रिजमा सेट भएपनि ब्याटर जुनसुकै बलरमाथि हाबी हुन सक्छन् । कोहली र पान्ड्याको साझेदारी तोड्न नसक्नु हारको प्रमुख कारण हो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]