2 years ago
October 23, 2022
एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतविरुद्ध बलिङतर्फ उत्कृष्ट सुरुवात गरेको छ । जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले ४ ओभरमा २ विकेट गुमाउँदै १७ रन बनाएको छ ।
भारतका ओपनर रोहित शर्मा र लोकेश राहुल दुबै सुरुवातमै आउट भएका छन् । सूर्य कुमार यादव ७ र विराट कोहली २ रनमा क्रिजमा छन् ।
तीव्र गतिका बलर नसिम शाहले ओपनर लोकेश राहुललाई दोस्रो ओभरको पाँचौं बलमा ४ रनमा बोल्ड गरे । अर्का तीव्र गतिका बलर हरिस रौफको बलमा रोहित शर्मा एज लागेर फस्ट स्लिपमा इफित्खार अहमदले ४ रनमै क्याच भएपछि पाकिस्तानले उत्कृष्ट सुरुवात गरेको हो ।
त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । पाकिस्तानको लागि शन मकसुद ४२ बलमा ५ चौका सर्वाधिक ५२ रनमा अविजित रहे । इफ्तिखार अहमद ३४ बलमा २ चौका र ४ छक्कासहित ५१ रनमा आउट भए ।
खराब सुरुवात गरेपनि तेस्रो विकेटका लागि अहमद र मकसुदले ५० बलमा ७६ रनको साझेदारी गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए । तीव्र गतिका बलर मोहम्मद शामीले इफ्तिखर अहमदलाई एलबीडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । त्यसपछिका ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
भारतका युवा तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । भुवनेश्वर कुमारले एक विकेट लिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]