2 years ago
October 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नाबालिकामाथि बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति काठमाडौं जिल्ला अदालतले दिएको छ।
अब प्रहरीले अनुसन्धान सकाएर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गर्नेछ। त्यसपछि थुनछेकको बहस सुरु हुनेछ। असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि पहिलोपटक असोज २४ गते पहिलो पटक सन्दीपलाई अदालतमा पेश गरिएको थियो।
२० गतेबाटै गणना हुनेगरी पहिलो पटक सात दिनको म्याद थप गरिएको थियो। दोस्रो पटक असोज २७ गते पाँच दिनको र गत बुधवार चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। उनी विरूद्ध प्रहरी वृत गौशालामा भदौ २१ गते जाहेरी परेको थियो।
त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नेपाल प्रहरीले भने झण्डै दुई साता उनीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।
आफूविरुद्ध किटानी जाहेरी परेको जानकारी पाएपछि सन्दीपले सामाजिक सन्जालमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइ लड्ने जनाएका थिए । राष्ट्रिय क्रिकेट टोलीका साथ सन्दीप भदौ ६ गते केन्या गएका थिए । उनी त्यहिबाट व्यवासायिक क्रिकेट खेल्नका लागि वेस्ट इन्डिज पुगेका थिए ।
केन्या जानु अघिल्लो दिन भदौ ५ गते आफूलाई बलत्कार गरेको भन्दै नाबालिगले किटानी जाहेरी दिएकी थिइन् । सन्दीपले आफूले न्याय पाउने र चाँडै देशका लागि क्रिकेट खेलमा फर्कने विश्वास लिएको पनि बताएका छन् ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]