2 years ago
October 22, 2022
एजेन्सी – युवा तीव्र गतिका बलर साम करनको कीर्तिमानी पाँच विकेटमा अफगानिस्तानले आइसिसी टि२० विश्वकपमा इंग्ल्यान्डलाई १ सय १३ रनको लक्ष्य दिएको छ ।
पर्थ स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान १९.४ ओभरमा १ सय १२ रनमा अल आउट भयो । इंग्ल्यान्डका लागि इब्राहिम जद्रानले ३२ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । उस्मान घानीले ३० बलमा ३ चौकासहित ३० रन बनाए ।
ओपनर हज्रातुल्लाह जजाई १७ बलमा १ चौकासहित ७, रमानउल्लाह गुरबाज १० र नाजिबउल्लाह जद्रानले १३ रनमा आउट भए । मोहम्मद नाबी ३ र राशिद खान शून्यमा आउट भए ।
अफगानिस्तानको शीर्षक्रम मार्क वुड र बेन स्टोक्सले धरासयी बनाएका थिए । तल्लोक्रम साम करनले ध्वस्त पारे । साम करन इंग्ल्यान्डबाट टि२० आईमा पाँच विकेट लिने पहिलो बलर हुन् ।
यसअघि टि२० आईमा इंग्ल्यान्डबाट कुनैपनि बलरले ४ माथि विकेट लिन सकेका थिएनन् । टि२० विश्वकप २०२२ को पहिलो खेलमै अलराउन्डर करनले पाँच विकेटका साथ कीर्तिमान रचेका हुन् । जारी विश्वकपमा पाँच विकेट लिने पहिलो खेलाडी समेत हुन् ।
यता अफगानिस्तानका कप्तान मोहम्मद नाबीले पछिल्ला १० खेलमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । त्यस्तै सबै खेलाडी क्याच आउट भएको टेस्ट टोलीमा यो पहिलो पटक हो । यसअघि यसै वर्ष पनि अष्ट्रिया र जमर्नीसँग खेलमा पनि दशैं खेलाडी क्याच आउट भएका थिए ।
इंग्ल्यान्डका साम करनले ३.४ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । बेन स्टोक्सले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । मार्कवुडले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले एक विकेट लिए ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]