default_image

2 years ago

October 20, 2022

प्रज्वल, आकाश, विशाल र अभिषेकको उत्कृष्ट प्रदर्शन

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर प्रज्वल थापा, आकाश त्रिपाठी, स्पिनर अभिषेक गौतम र विशाल विक्रम केसीले प्रधानमन्त्री कप छनोट अन्तर्गत लुम्बिनी प्रदेश छनोटमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

रुपन्देहीले कपिलवस्तुलाई ६६ रनले पराजित गर्यो । सिद्धार्थ रंगशालामा भएको खेलमा रुपन्देहीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७३ रन बनायो ।

रुपन्देहीका नेपाली क्रिकेट टोलीका ओपनर देव खनालले ४४ बलमा २ चौका र २ छक्कासहित ४१ रन बनाए । सन्दीप रजाली १७ र कृष्ण कार्की ३४ रनमा आउट भए । कार्कीले ३५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

युवा ब्याटर प्रज्वल थापाले ३९ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५४ रनमा अविजित रहे । सौरभ खनाल ६ बलमा १ छक्कासहित १० रनमा अविजित रहे ।

कपिलवस्तुका मोहम्मद हसैनन, बसिर अहमद, दुर्गेश र शिव कुमारले एक एक विकेट लिए । जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको कपिलवस्तु २१.५ ओभरमा १ सय ७ रनमा अल आउट भयो । कपिलवस्तुका ओपनर आकाश त्रिपाठीले ४२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

रुपन्देहीका अभिषेक गौतमले ५ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए । धिरज शाही र देव खनालले एक एक विकेट लिए ।

त्यस्तै अर्को खेलमा भने बर्दिया र दाङबीचको खेल टाई भयो । टस जितेर पहिला ब्याटिङ थालेको दाङले २८.४ ओभरमा १ सय १३ रनमा सबै विकेट गुमाएको थियो ।

दाङका शिषिर डिसीले सर्वाधिक २२ रन बनाए । बदिर्याका विशाल विक्रम केसीले ५.४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । सुमित श्रेष्ठले दुई विकेट लिए ।

जितको लागि १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको बर्दिया ३० ओभरमा १ सय १३ रनमा अल आउट हुँदै खेल टाई भयो । बर्दियाका लागि सुमित श्रेष्ठले १९, विशाल विक्रम केसीले १५ र हेमन्त आचार्यले १७ रन बनाए ।

दाङका राजविर सिंहले सर्वाधिक तीन विकेट लिए । अनुप न्यौपाने र कमल ओलीले दुई दुई विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.