default_image

2 years ago

October 20, 2022

गौतमको विष्फोटक ब्याटिङ, कृजनले लिए पाँच विकेट

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर गौतम केसीले प्रधानमन्त्री कप एकदिवसिय अन्तर्गत बागमती प्रदेश छनोटमा चितवनबाट टियु युनिभसिर्टीविरुद्ध विष्फोटक ब्याटिङ गर्दै २८ रनको जित दिलाएका छन् ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवन ३८.३ ओभरमा २ सय १५ रनमा अल आउट भयो । चितवनका गौतम केसीले ८३ बलमा ३ चौका र ७ छक्कासहित ८४ रनको उत्कृष्ट इनिङ खेले । प्रतिक श्रेष्ठले ६७ बलमा ५ चौका र २ छक्कासहित ६० रन बनाएका थिए । तल्लोक्रमका दीपेश श्रेष्ठले २२ रन बनाए ।

टियुको लागि रुपेश श्रीभात्सवले ८ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । धिरज कार्कीले तीन र श्याम त्रिपाठीले दुई विकेट लिए । जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको टियु ३७ ओभरमा १ सय ८७ रनमा अल आउट भयो ।

टियुको लागि कप्तान पृथु बाँस्कोटाले ६३ बलमा ७ चौका र १ छक्कासहित ७३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । त्यस्तै रिङजिङ लामा ४३ र लक्की कठायत १८ रनमा आउट भए ।

चितवनको लागि स्पिनर कृजन गुरुङले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ५ विकेट लिए । गौतम केसीले एक डानिश इकबालले दुई दुई विकेट लिए ।

समूह ए मा ललितपुर, भक्तपुर, काठमाडौं र नुवाकोट थिए । ललितपुर शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो । समूह बी मा चितवन, मकवानपुर र त्रिभुवन युनिभर्सिटी थिए । समूह बी बाट मकवानशीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । शुक्रबार फाइनलमा मकवानपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.